News Portal

किरात राई यायोक्खा मकाउले तयामा खियामा दिवस मनायो

हिमालीसंचार संवाददाता
३७२ पटक

मकाउ– किरातीहरुको पुर्खा दिवस (तयामा खियामा) किराया मकाउका अध्यक्ष भिमकुमार राईको सभापतित्वमा आयोजित कार्यक्रममा “तयामा खियामा दिवस” मकाउ स्थित हिमालयन रेष्टुरेन्टमा मनाएको छ। 

किरात राई यायोक्खा मकाउले आयोजित एक कार्यक्रममा किराती पुर्खा तयामा-खियामाको बारेमा प्रस्ट पार्दै आगामी किराया मकाउको अधिवेशनका लागि समेत सामान्य छलफल भएको किराया मकाउका अध्यक्ष भिमकुमार राईले बताए। किराया मकाउले नया नेतृत्व छनौट गर्न आन्तरिक छलफल समेत गरेको हो। 

किराती पुर्खा तयामा खियामा दिवस प्रत्येक बर्ष मनाउदै आएको छ। यो विषम परिस्थितिमा पनी किरात राई यायोक्खा मकाउले आफ्नो पुर्खा दिवस मनाएको हो। किरातीहरुले आफ्नो पुर्खा तयामा खियामा आधुनिक युगको सभ्य समाजको परिकल्पनाकार तयामा खियामा मान्दै आएका छन्। विश्वभर किरातीहरुले तयामा खियामा दिवस मनाउदै आएका छन्।

प्रतिकृया दिनुहोस्

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...