News Portal

कालिका कन्ट्रक्सनले कहिले कमसल ईट्टाको प्रयोग, कहिले बिधुत चोरी

हिमालीसंचार संवाददाता
३८१ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको वडा नम्बर ७  बजार क्षेत्रमा सडकको दायाँबायाँमा ईट्टाको नाली बनाउने काम द्रुतगतिमा निर्माण भईरहेता पनि उक्त कम्पनीले भने नालीमा बारम्बार कमसल ईट्टाको प्रयोग समेत गरिरहेको छ।

गत हप्ता अगाडी समेत नाला बनाउन कमसल ईट्ट प्रयोग गर्नका लागि ल्याएपछि स्थानीयले उक्त ईट्टा फिर्ता गर्ने  लगाएका थिए । अहिले पुनः सो कम्पनीले नाली बनाउन कमसल ईट्टा कै प्रयोग गरिरहेको छ। 

बारम्बार यस्तो कमसल ईट्टाको प्रयोग गरेर  लापरबाही गर्दा समेत स्थानीय निकायका भने मौन रहेको छ ।  नगरपालिका र सडक विभागका ईन्जिनियरहरुले बेला बेलामा अनुगमन नगरेका कारणले  गर्दा यस्ता ठुला कम्पनी भनाउदाहरुले आफू खुशी गरिरहेका छन भने जनताको आँखामा छारो हालिरहेका छन् । यस बिषयमा सम्बन्धित निकायले समयमै ध्यान नदिए नाली बनाएको केही बर्षमै भित्किएमा नगरपालिका जबाफ देहि हुनुपर्ने समेत देखिन्छ ।

केही दिन अगाडी समेत बिधुत  पोलबाट हुक लगाएर बिधुत  चोरी गरेको पाईएको थियो ।  सडक खण्डको दायाँ बायाँ सडक भत्कन नदिनका लागि निर्माण गर्दे गरिरहेको कम्लमवाल रिटेनिङ्ग वाल बनाउनका लागि भाईवेरट सेमिन प्रयोग गर्नेका लागि कालिका कन्ट्रक्सनले बिधुत चोरी गरेर काम गर्ने गरेको थियो ।  उक्त  सडक खण्डको ठेक्का कालिका–मैनाचुली–भेडेन्सी जेभि काठमान्डौले पाएको हो । कम्पनीले अहिले उक्त क्षेत्रमा द्रुतगतिमा निर्माण गरिरहेको छ।   

यस कम्पनीले कहिले बिधुत, अहिले कमसल सामाग्री प्रयोग गरेर काम गरिरेको छ। कालिकाले उक्त सडक निर्माण गर्नका लागि ७९ करोड २५ लाख ८६ हजार रुपैयामा ठेक्का पाएको छ । सो सडक ३  बर्ष भित्र निर्माण सम्पन्न गर्ने सम्झौता रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...