News Portal

रंगेली अस्पतालले डाक्टर सुधार्न सकेन, डाक्टरहरु पोसाक विना नै आउछन् अस्पताल

हिमालीसंचार संवाददाता
४२० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली अस्पतालमा डक्टरको रजाई हुन थालेको छ। स्थानीय सरकारले अस्पताल आफ्नो मातहतमा लिएको दुई बर्ष बितिसक्दा समेत डाक्टरलाई भने सुघार्न सकेको छैन।

अहिले अस्पतालमा  ओपिडी  सेवा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा दिने भनिएता पनि डाक्टरका कारणले गर्दा उनीहरुले आफू खुशी गर्दे आईरहेका छन्। गत महिनादेखि डाक्टरहरुका निगरानी गर्दा आएकोमा डाक्टले पोसाक नलगाउने गरेको पाईएको हो।   

नेपाल सरकारले सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य पोसाक बापत रकम दिने गरिएको भएता पनि डाक्टरहरुले भने अहिले पोसाक नलगाई अस्पताल आउने गरेका छन । सोमवार बिहान डाक्टर सुनिल चौधरी ११ बजे ओपिडी कक्षमा प्रवेश गरे उनी प्रवेश गरेलगत्तै उनलाई सोधियो तपाईंको कार्यलय आउने समय ११ बजे हो? उनले केही बोल्न मानेनन्। पुनः सर तपाई त ड्रेसमा हुनुहुन्नत किन हो?  भन्ने प्रश्नमा उनले भने भोलीदेखि लागउने जवाफ दिए । 

बारम्बारको निगरानीमा रहेका डाक्टरहरुले पनि कहिले पोसाक नलगाएको भेटिएको छ । बिरामीलाई सेवा दिने समयमा न डाक्टरको ड्रेस नै हुन्छ। न उनीहरुको कुनै परिचय काड नै देखिन्छ । डाक्टर हुन या बिरामी छुट्याउ सर्वसाधारणहरुलाई गार्हो पर्ने गरेको छ। त्यति मात्रै होईन अहिले बिरामीहरुको रिपोर्ट हेर्ने समयमा समेत डाक्टरहरु चिया नास्ता गर्ने कार्यलय परिसरबाट निस्किएको १ घण्टादेखि डेर घण्टा दोकानमा विभिन्न औषधी कम्पनीका एमआरहरुसंग कुराकानी गरेर समय बिताउने गरेका छन ।

यता बिरामीहरुको रिपोर्ट देखाउनका लागि रिपोर्ट लिएर डाक्टरहरुको कार्यलय कक्ष अगाडी उभिन बाध्य भएका छन । अस्पताल प्रसाशनले समेत कर्मचारीहरुको चिया नास्ताको समय निश्चित समय निर्धारण नगर्दालसमस्या परेको हो । 

यति सम्म हुदा समेत अस्पताल प्रसाशन भने किन मौन देखिएको हो त? स्थानीय सरकारले अस्पताललाई आफ्नो निगरानीमा लिएको केही महिना सम्म अस्पताल परिषरमा नगरप्रमुखको गाडी प्रवेश गरे लगतै सबै डाक्टर तथा कर्मचारीहरु आफ्नो काममा लागि पर्ने गरेता पनि पछिल्लो समयमा त्यस बिपरित भएको पाईएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...