News Portal

रंगेली अस्पतालले डाक्टर सुधार्न सकेन, डाक्टरहरु पोसाक विना नै आउछन् अस्पताल

हिमालीसंचार संवाददाता
३९८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली अस्पतालमा डक्टरको रजाई हुन थालेको छ। स्थानीय सरकारले अस्पताल आफ्नो मातहतमा लिएको दुई बर्ष बितिसक्दा समेत डाक्टरलाई भने सुघार्न सकेको छैन।

अहिले अस्पतालमा  ओपिडी  सेवा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा दिने भनिएता पनि डाक्टरका कारणले गर्दा उनीहरुले आफू खुशी गर्दे आईरहेका छन्। गत महिनादेखि डाक्टरहरुका निगरानी गर्दा आएकोमा डाक्टले पोसाक नलगाउने गरेको पाईएको हो।   

नेपाल सरकारले सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य पोसाक बापत रकम दिने गरिएको भएता पनि डाक्टरहरुले भने अहिले पोसाक नलगाई अस्पताल आउने गरेका छन । सोमवार बिहान डाक्टर सुनिल चौधरी ११ बजे ओपिडी कक्षमा प्रवेश गरे उनी प्रवेश गरेलगत्तै उनलाई सोधियो तपाईंको कार्यलय आउने समय ११ बजे हो? उनले केही बोल्न मानेनन्। पुनः सर तपाई त ड्रेसमा हुनुहुन्नत किन हो?  भन्ने प्रश्नमा उनले भने भोलीदेखि लागउने जवाफ दिए । 

बारम्बारको निगरानीमा रहेका डाक्टरहरुले पनि कहिले पोसाक नलगाएको भेटिएको छ । बिरामीलाई सेवा दिने समयमा न डाक्टरको ड्रेस नै हुन्छ। न उनीहरुको कुनै परिचय काड नै देखिन्छ । डाक्टर हुन या बिरामी छुट्याउ सर्वसाधारणहरुलाई गार्हो पर्ने गरेको छ। त्यति मात्रै होईन अहिले बिरामीहरुको रिपोर्ट हेर्ने समयमा समेत डाक्टरहरु चिया नास्ता गर्ने कार्यलय परिसरबाट निस्किएको १ घण्टादेखि डेर घण्टा दोकानमा विभिन्न औषधी कम्पनीका एमआरहरुसंग कुराकानी गरेर समय बिताउने गरेका छन ।

यता बिरामीहरुको रिपोर्ट देखाउनका लागि रिपोर्ट लिएर डाक्टरहरुको कार्यलय कक्ष अगाडी उभिन बाध्य भएका छन । अस्पताल प्रसाशनले समेत कर्मचारीहरुको चिया नास्ताको समय निश्चित समय निर्धारण नगर्दालसमस्या परेको हो । 

यति सम्म हुदा समेत अस्पताल प्रसाशन भने किन मौन देखिएको हो त? स्थानीय सरकारले अस्पताललाई आफ्नो निगरानीमा लिएको केही महिना सम्म अस्पताल परिषरमा नगरप्रमुखको गाडी प्रवेश गरे लगतै सबै डाक्टर तथा कर्मचारीहरु आफ्नो काममा लागि पर्ने गरेता पनि पछिल्लो समयमा त्यस बिपरित भएको पाईएको छ ।

प्रतिकृया दिनुहोस्

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...