News Portal

एक चिनियाँ सैनिक भारतीय सेनाको कब्जामा

हिमालीसंचार संवाददाता
४४१ पटक

काठमाडौं – भारतीय सेनाले लद्दाखस्थित भारत–चीन सीमानजिकैबाट एक चिनियाँ सैनिकलाई पक्राउ गरेको छ। पछिल्लो समय भारत र चीनबीच सीमा समस्या समाधानको प्रयास जारी रहेको अवस्थामा भारतीय सेनाले चिनियाँ सैनिकलाई पक्राउ गरेको हो।

भारतीय समाचार संस्था एएनआईका अनुसार आइतबार राति सीमा पार गरेर भारतीय भूमिमा आएकाले उनलाई पक्राउ गरी सोधपुछ गरिएको छ। सोधपुछको क्रममा उनले आफू चिनियाँ सैनिक भएको बताएका थिए। उनीसँग केही सैन्य कागजात भेटिए पनि उनी हतियार भने नपाइएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

चिनियाँ सैनिक थाहा नपाएको कारण भारतीय भूमिमा आएको हुन सक्ने सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। उनले आफ्नो हराएको याकको खोजीमा भारतीय भूमिमा आइपुगेको बताएका छन्। थाहा नपाई भारतीय भूमिमा आएकाले उनलाई विद्यमान प्रोटोकल पूरा गरी चीन फर्काइने एएनआईले बताएको छ।

गत जुन १५ मा दुई मुलुकका सैनिकबीच भएको झडपपछि भारत–चीन सीमाक्षेत्रमा तनाव देखिएको छ। यद्यपि त्यसयता तनाव कम गर्न दुई पक्षबीच निरन्तर वार्ता पनि हुँदै आएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...