News Portal

वडाध्यक्षको मनपरिले विपन्न परिवारले पाएन सहयोग

हिमालीसंचार संवाददाता
४८५ पटक

दैलेख – दैलेखको आठविस नगरपालिका-५ पिपलकोटस्थित हस्तना विकको परिवार दशैंको मुखमा बेखर्ची बनेका छन्। ६ छोराछोरी रहेका उनको परिवारमा श्रीमानको मृत्युपछि घर खर्च चलाउन गाह्रो भएको हो। वडा कार्यालयले सिफारिस नदिदाँ सहयोग गर्ने संस्थालेसमेत हस्तनाको परिवारलाई राहत नदिएको हो।

कोरोना भाइरसको संक्रमणले गाउँमा समेत काम नपाएपछि घरमा विहान बेलुकाको खर्च नभएर बेखर्ची हुनुपरेको उनी बताउँछिन्। ‘गाउँमा कति दिन मागेर खर्च चलाउने ?’ हस्तना भन्छिन्-‘वडा र संस्थामा गुहार मागेपनि कहिले के कहिले के भनेर दिदैनन्।

उनलाई वडाले विपन्न वर्गको सिफारिस बनाएर संस्थाले सहयोग गर्ने भनेपछि सिफारिस लिन वडामा जाँदा नपाएपछि दुखित बनेकी छिन्। उहाँहरुको राजनिति के हो हामी जस्तालाई थाहा हुँदैन्, उनले भनिन्। हामीलाई राहत वडाले नदिए संस्थाले दिन्छु भन्दा सिफारिस नै पाईएन्।

उनका ४ वर्षदेखी १३ वर्षसम्मका ६ वटा साना छोराछोरी छन्। घरमा खाने अन्न नभएको बेला गरिवलाई राहत दिन वडाले कुनै कार्य नगरेको आरोप उनीहरुको छ। उनी एक प्रतिनिधि पात्र भएपनि वडामा धेरै विपन्न वर्गहरुको घरमा यसपालीको दशैं कोभिडका कारण खल्लो हुदैछ।

आफुहरुले सोसेक भन्ने संस्थालाई वडामा काम गर्न नदिने अघिल्लो वर्ष नै निर्णय गरिएको कारण सिफारिस नदिएको वडाध्यक्ष कर्णबहादुर आलोले बताए। वडाले उहाँहरुलाई आर्यआर्जनका साना कार्यक्रम दिएको र आगामी वर्षपनि दिने तर, आफुहरुले प्रतिवन्ध लगाएको संस्थाको कुनै पनि कार्यक्रम स्विकार नगर्ने वडाध्यक्ष आलोले बताए।

स्थानीयहरुले भने राजनिति प्रतिशोधका कारण वडाध्यक्षले वडामा आएको कार्यक्रम रोक्ने निर्णय गर्नु गलत भएको बताएका छन्। वडाले पार्टीगत रुपमा कार्यकर्ता छानेर कार्यक्रमहरु विभेदपूर्ण रुपमा बाँड्ने गरेको समेत स्थानीयले गुनासो गरेका छन्।

गरिव, अतिविपन्न परिवारका लागि दशैंमा राहतको कुनै पनि प्याकेज नल्याएको र संस्थाले सहयोग गर्छु भन्दापनि गाउँमा रोकेको आरोप नेपाली काँग्रेस आठविस नगरपालिकाले लगाएको छ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...