News Portal

धरानमा कोरोना संक्रमित संख्या ह्वात्तै बढ्यो, ३० जनाको मृत्यु

हिमालीसंचार संवाददाता
३७७ पटक

धरान – धरान उपमहानगरपालिकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ ।धरानमा पछिल्लो समय दैनिक १ सयको हाराहारीमा कोरोना संक्रमित थपिन थालेपछि दैनिक जसो कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढ्दै गइरहेको छ ।

धरान उपमहानगरपालिकाको कुन वडामा कति कोरोना संक्रमित थपिए र काहा को संक्रमित भएर मृत्यु भयो भन्ने हेक्का हुन छाडेको छ ।आइतबार साँझ धरान वडा नं. १९ स्थित केही दिन अघि कोरोना पोजेटिभ भएर होम आइसोलेसनमा बसेकी एक ७० वर्षीय बृद्धा महिलाको मृत्यु भएको छ । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार मृतकको दोस्रो पटक पिसिआर परीक्षण गर्दा पनि कोरोना पोजेटिभ नै रिपोर्ट आएको थियो । उनको आइतबार बिहान होम आइसोलेसनमै मृत्यु भएको हो । यो सँगै धरानमा आइतबार मात्रै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एकै दिन ३ जना पुगेको छ ।

त्यस्तै, धरान १४ निवासी कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको तर कोरोना परीक्षण नगरिएकी एक जना महिलाको पनि आइतबार मृत्यु भएको छ । उनलाई कोरोनाकै जस्तो लक्षण देखिएको थियो । तर कोरोना परीक्षण भने गरिएन । स्वास्थ्य सावधानी अपनाएर दाहसंस्कार गरिएको बताइएको छ। उनको दाहसंस्कारका लागि धरान उपमहानगरपालिकाबाट केही थान पिपिई सेट, मास्क, पन्जा उपलब्ध गराएको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताएका हुन्। 

नेपाल सरकारले पछिल्लो स्वास्थ्य प्रोटोकल अनुसार मृत्युपछि पिसिआर परीक्षण नगर्नु भनिएकोले धरानमा आशङ्का गरिएको महिलाको मृत्युपछि स्वाब नलिइएको हो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...