News Portal

खोटाङ जिल्लाको ऐसेलुखर्क पालिकामा म्याद नाघेका खाद्य सामग्री बरामद

हिमालीसंचार संवाददाता
४२१ पटक

खोटाङ – असोज २, खोटाङको ऐसेलुखर्क गाउँपालिकामा २७ हजार ८ सय ८८ रुपैयाँ बराबरको म्याद नाघेका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ । दशैं तिहारलाई लक्ष्यीत गर्दै आइतबार ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा गरिएको बजार अनुगमनकाक्रममा भारी मात्रामा म्याद गुज्रेका खाद्य पदार्थ बरामद गरी जलाएर नष्ट गरिएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, ऐसेलुखर्क गाउँपालिका, ईलाका प्रहरी कार्यालय ऐसेलुखर्क, करदाता सेवा कार्यालय, उद्योग वाणिज्य संघ लगायतको टोलीले गरेको अनुगमनकाक्रममा सबैभन्दा बढि ४ हजार ८ सयको बब मसला बरामद भएको थियो। 

यस्तै, ३ हजार ९ सय ९० रुपैयाँको जम्बो डिउ, ३ हजार ५ सयको चक्की आँटा, १ हजार ६ सयको सिटिसि चिया, १ हजार २ सयको टमाटर सस, १ हजार १२० रुपैयाँको दालमोठ लगायत बरामद गरेका थिए। 

अनुगमनकाक्रममा खाद्यान्न सामग्री लगायत पसलबाट म्याद नाघेका चक्की आँटा, पानीपुरी मसला, डिउ, मिरिण्डा, फेन्टा, मिट मसला, चिया, किचन किङ, कस्मिर मिर्च, सेञ्चुरी मसला, ग्लुकोज बिस्कुट, सुर्यमुखी तेल, रुबी चाउचाउ, चिरा सानो, ठूलो जिरा, निम्बुज, मिल्क बिस्कुट, अजिना मसला, स्लाइस, कोकाकोला, फरनदाना, मम मसला, लिची जुस लगायतका खाद्य सामग्री बरामद भएको अनुगमन टोलीले जनाएको छ ।

दशैंतिहारको संधारमा हुनसक्ने मूल्यावृद्धि, कालोबजारी, कृत्रिम अभाव, अखाद्यवस्तु, म्याद नघेका खान्वस्तुको किनबेच नियन्त्रणका लागि हाल विभिन्न स्थानीय तहमा बजार अनुगमन तिब्र पारिएको छ।

गत असोज १७ गते दिक्तेलबजारमा गरिएको बजार अनुगमनकाक्रममा म्याद नाघेका १६ हजार ८७० रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरेर नष्ट गरिएको थियो । त्यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको हलेसीबजारमा गरिएको बजार अनुगमनमा पनि भारी मात्रामा म्याद नाघेका सामान बरामद भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...