News Portal

खोटाङ जिल्लाको ऐसेलुखर्क पालिकामा म्याद नाघेका खाद्य सामग्री बरामद

हिमालीसंचार संवाददाता
४४० पटक

खोटाङ – असोज २, खोटाङको ऐसेलुखर्क गाउँपालिकामा २७ हजार ८ सय ८८ रुपैयाँ बराबरको म्याद नाघेका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ । दशैं तिहारलाई लक्ष्यीत गर्दै आइतबार ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा गरिएको बजार अनुगमनकाक्रममा भारी मात्रामा म्याद गुज्रेका खाद्य पदार्थ बरामद गरी जलाएर नष्ट गरिएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, ऐसेलुखर्क गाउँपालिका, ईलाका प्रहरी कार्यालय ऐसेलुखर्क, करदाता सेवा कार्यालय, उद्योग वाणिज्य संघ लगायतको टोलीले गरेको अनुगमनकाक्रममा सबैभन्दा बढि ४ हजार ८ सयको बब मसला बरामद भएको थियो। 

यस्तै, ३ हजार ९ सय ९० रुपैयाँको जम्बो डिउ, ३ हजार ५ सयको चक्की आँटा, १ हजार ६ सयको सिटिसि चिया, १ हजार २ सयको टमाटर सस, १ हजार १२० रुपैयाँको दालमोठ लगायत बरामद गरेका थिए। 

अनुगमनकाक्रममा खाद्यान्न सामग्री लगायत पसलबाट म्याद नाघेका चक्की आँटा, पानीपुरी मसला, डिउ, मिरिण्डा, फेन्टा, मिट मसला, चिया, किचन किङ, कस्मिर मिर्च, सेञ्चुरी मसला, ग्लुकोज बिस्कुट, सुर्यमुखी तेल, रुबी चाउचाउ, चिरा सानो, ठूलो जिरा, निम्बुज, मिल्क बिस्कुट, अजिना मसला, स्लाइस, कोकाकोला, फरनदाना, मम मसला, लिची जुस लगायतका खाद्य सामग्री बरामद भएको अनुगमन टोलीले जनाएको छ ।

दशैंतिहारको संधारमा हुनसक्ने मूल्यावृद्धि, कालोबजारी, कृत्रिम अभाव, अखाद्यवस्तु, म्याद नघेका खान्वस्तुको किनबेच नियन्त्रणका लागि हाल विभिन्न स्थानीय तहमा बजार अनुगमन तिब्र पारिएको छ।

गत असोज १७ गते दिक्तेलबजारमा गरिएको बजार अनुगमनकाक्रममा म्याद नाघेका १६ हजार ८७० रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरेर नष्ट गरिएको थियो । त्यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको हलेसीबजारमा गरिएको बजार अनुगमनमा पनि भारी मात्रामा म्याद नाघेका सामान बरामद भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...