News Portal

सहकर्मीको हत्या गरेको अभियोगमा ११ वर्षपछि दुई जना पक्राउ

हिमालीसंचार संवाददाता
३७६ पटक

काठमाडौं – आफ्नै सहकर्मी ललितपुर गोदावरी नगरपालिका-१३ स्थित आरएम इँटाभट्टामा काम गर्ने मकवानपुर भिमफेदी नगरपालिका-८ घर भएका ३६ वर्षीय डिल बहादुर योञ्जनको हत्या गरेको अभियोगमा दुई जनालाई घटनाको ११ वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी ननगरपालिका- ८ घर भएका ५१ वर्षीय भिमसेन घागा मगर र सोही ठाउँ घर भएका ३० वर्षीय रामकृष्ण चुनी मगर रहेका छन्। उनीहरुले २०६६ वैशाख २८ गते राति योञ्जनलाई सुत्ने कोठा बाहिर कोदालीको विडले हानी, कुटपिटसमेत गरी घाईते बनाएकोमा उपचारको क्रममा वीर अस्पतालमा सोही महिनाको ३१ गते बिहान मृत्यु भएको थियो।

उक्त घटनामा थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनामा फेला पारी उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।

सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको अनुसन्धानबाट खुल्न आएको छ। घटनापश्चात मामाभाञ्जा नाता पर्ने उनीहरु ललितपुरबाट पैदलै हेटौंडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारतको नयाँ दिल्लीमा गई आफ्नो बास्तबिक परिचय परिवर्तन गरी भारतीय आधार कार्ड बनाई रामकृष्ण प्लाष्टिक कारखानामा र भिमसेन घागा मगरले अटो रिक्सा चलाउने गरेकोसमेत खुल्न आएको छ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको उक्त व्यूरोले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...