News Portal

२१ फिट अग्लो अर्धनारेश्वरको मुर्ति स्थापना, नेपालकै अग्लो मुर्ति भएको दावी

हिमालीसंचार संवाददाता
३८६ पटक

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीस्थित प्रसिद्ध धार्मिक स्थल शिव मन्दिरमा २१ फिट अग्लो अर्धनारेश्वरको मूर्ति स्थापना गरिएको छ। आज(शनिबार) घटस्थापनाको अवसर पारेर उक्त मुर्ति स्थापना गरिएको हो।

फाउण्डेसन (मुर्ति राख्न बनाइको ठाउँ) ३० फिट र २१ फिटको मुर्तिसहित जम्मा ५१ फिट उचाई रहेको छ। सो अर्धनारेश्वरको मुर्ति नेपालकै अग्लो भएको वडाध्यक्ष सुरेश मानन्धरको दावी छ।

धार्मिक पर्यटनको विकास तथा मन्दिरको स्तरोन्नतिका लागि २०७५ साल साउन महिनामा उक्त मन्दिरमा महापुराँण (सप्ताह पुराँण) आयोजना गरिएको थियो। सोही महापुराँणमा संकलन भएको दान (सहयोग)बाट मुर्ति निर्माण गरिएको वडाअध्यक्ष मानन्धरले जानकारी दिए।

उनका अनुसार महापुराँणबाट उठेको एक करोड सात लाख २९ हजार नौं सय रुपैयाँमध्ये ३६ लाख रकम खर्च गरी मुर्ति निर्माण गरिएको हो। ऐतिहासिक किम्वदंन्ती बोकेको शिव मन्दिरमा स्थानीय दानवीरदाताको सहयोगबाट पुर्ननिर्माण गरेको अध्यक्ष मानन्धरको भनाई छ।

‘किम्वदन्तीका अनुसार ४ सय वर्ष पुरानो शिव मन्दिरमा कान नसुन्ने र बोल्न नसक्नेहरुले पूजा–आजा गरी भाकल राखेमा बोल्न र सुन्न सक्ने जनविश्वास रहेको छ’ उनले भने, ‘एउटै ढुंगाबाट मन्दिर स्थापना भएकोले अर्धनारेश्वरीको मुर्ति पनि एउटै ढुंगाबाट निर्माण गरिएको हो।

शिव भूमिका नामले पहिचान गर्न मिल्ने लाटिकोइली क्षेत्रमा शिव मन्दिर, शिवले नै विहार गरेको क्षेत्र काँक्रेबिहार, अँधेरी गुफा लगायतका स्थानले समग्र वीरेन्द्रनगरको धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित गराएको वडाध्यक्ष मानन्धरको भनाई छ।

मन्दिरमा भेटिएको शिलालेख अनुसार साके संवत १५०४ र ई.पू.१६३९ मा स्थापना भएको शिव मन्दिरको स्थापना भएको हो।

प्रतिकृया दिनुहोस्

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...