News Portal

आज ऋषीपन्चमी दिवस : २०७५ साल भाद्र २९ गते शुक्रवार, तदअनुसार सेप्टेम्बर १४ ,२०१८

हिमाली संचार संवाददाता
७७८ पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल,

मेष
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईंको विचारलाई समर्थन गर्नेछन् । व्यापारमा मनग्ये धनलाभ हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

वृष
चिन्ता छाडेर चिन्तन गर्ने समयछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । पारिवारिक सद्भाव बढ्नेछ ।

मिथुन
महिला वर्ग बाट सहयोग मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

कर्कट
आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । जीवनसाथी संग राय बाजिने छ । प्रेममा मतभेद बढ्नेछ ।

सिंह
कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ । शुभ समाचार सुन्न पाइएला ।

कन्या
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

तुला
रोकिए पनि दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुन सक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ ।

वृश्चिक
अरुको भर पर्दा धोका पाइने, हानि हुने र विश्वास गुम्ने सम्भावनाछ । मनमा वैराग्यको भावना पलाउन सक्छ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ ।

धनु
आँटेको र ताकेको कार्य पुरा होला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । आस मारेको काम बन्नेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ ।

मकर
आफन्त तथा साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । रोमाञ्चक यात्रा होला ।

कुम्भ
बोलीको भरमा कार्य सम्पादन हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

मीन
अपेक्षित काममा सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्नसकिएला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ ।

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...