News Portal

आज ऋषीपन्चमी दिवस : २०७५ साल भाद्र २९ गते शुक्रवार, तदअनुसार सेप्टेम्बर १४ ,२०१८

हिमाली संचार संवाददाता
७६९ पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल,

मेष
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईंको विचारलाई समर्थन गर्नेछन् । व्यापारमा मनग्ये धनलाभ हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

वृष
चिन्ता छाडेर चिन्तन गर्ने समयछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । पारिवारिक सद्भाव बढ्नेछ ।

मिथुन
महिला वर्ग बाट सहयोग मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

कर्कट
आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । जीवनसाथी संग राय बाजिने छ । प्रेममा मतभेद बढ्नेछ ।

सिंह
कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ । शुभ समाचार सुन्न पाइएला ।

कन्या
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

तुला
रोकिए पनि दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुन सक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ ।

वृश्चिक
अरुको भर पर्दा धोका पाइने, हानि हुने र विश्वास गुम्ने सम्भावनाछ । मनमा वैराग्यको भावना पलाउन सक्छ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ ।

धनु
आँटेको र ताकेको कार्य पुरा होला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । आस मारेको काम बन्नेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ ।

मकर
आफन्त तथा साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । रोमाञ्चक यात्रा होला ।

कुम्भ
बोलीको भरमा कार्य सम्पादन हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

मीन
अपेक्षित काममा सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्नसकिएला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...