News Portal

सुर्खेतमा मृत्यु भएका २२ वर्षीय युवकलाई कोरोना

हिमालीसंचार संवाददाता
५१० पटक

वीरेन्द्रनगर – कोरोनाले बिहीबार राति गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीय युवकको मृत्यु भएको छ । बुधबार राति प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्षमा भर्ना भएका ती युवकको उपचारकै क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले जनाएको छ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार मृत्युु भएको करिब साढे २ घण्टापछि उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार शौचालय गएका बेला बेहोस अवस्थामा भेटिएपछि परिवारले सुरुमा उनलाई झारफुक गरेका थिए । त्यसपछि सोही दिन देउती अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो । देउती अस्पतालले प्रदेश अस्पतालमा रेफर गरेको थियो।

प्रदेश अस्पतालमा उपचारका क्रममा उनलाई सास फेर्न अप्ठ्यारो भएपछि आईसीयूमा राखिएको थियो । यससँगै कर्णाली प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १२ पुगेको छ । यहाँ हालसम्म ४ हजार ८ सय २४ जना कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये १ हजार १ सय ८८ जना विभिन्न जिल्लाका आइसोलेसनमा उपचाररत छन्।

 

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...