News Portal

सुर्खेतमा मृत्यु भएका २२ वर्षीय युवकलाई कोरोना

हिमालीसंचार संवाददाता
५६० पटक

वीरेन्द्रनगर – कोरोनाले बिहीबार राति गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीय युवकको मृत्यु भएको छ । बुधबार राति प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्षमा भर्ना भएका ती युवकको उपचारकै क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले जनाएको छ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार मृत्युु भएको करिब साढे २ घण्टापछि उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार शौचालय गएका बेला बेहोस अवस्थामा भेटिएपछि परिवारले सुरुमा उनलाई झारफुक गरेका थिए । त्यसपछि सोही दिन देउती अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो । देउती अस्पतालले प्रदेश अस्पतालमा रेफर गरेको थियो।

प्रदेश अस्पतालमा उपचारका क्रममा उनलाई सास फेर्न अप्ठ्यारो भएपछि आईसीयूमा राखिएको थियो । यससँगै कर्णाली प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १२ पुगेको छ । यहाँ हालसम्म ४ हजार ८ सय २४ जना कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये १ हजार १ सय ८८ जना विभिन्न जिल्लाका आइसोलेसनमा उपचाररत छन्।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...