News Portal

खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकालाई दमकल र प्रहरी भ्यान

हिमालीसंचार संवाददाता
३९६ पटक

विराटनगर – खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकालाई प्रदेश सरकारले दमकल र प्रहरी भ्यान प्रदान गरेको छ । अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले गाउँपालिकालाई एक / एक वटा बारुणयन्त्र (दमकल) र प्रहरी भ्यान प्रदान गरेको हो ।

बिहिवार बिराटनगरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईलाई दमकल र प्रहरी भ्यानको चाँवी हस्तान्तरण गरेका हुन् । अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले केही समयपछि एउटा एम्बूलेन्स पनि प्रदान गर्ने जनाइएको छ ।

प्रदेश सरकारले उपलव्ध गराएको दमकल आगलागीका समयमा अग्नी नियन्त्रणका लागि उपयोगी हुने गाउँपालिका अध्यक्ष राईले बताए । जिल्लाका १० वटा स्थानीय तहमध्ये हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र दमकल थियो । यस्तै, बिरामीलाई अस्पतालसम्म पुर्‍याएर ज्यान बचाउनका लागि एम्बूलेन्स सहयोगी हुने गाउँपालिकाले जनाएको छ ।

एकै ठाउँबाट मूख्यमन्त्रीले अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्ने लक्ष्य अनुसार प्रदेश सरकारले दमकल, प्रहरी भ्यान र एम्बूलेन्स उपलव्ध गराएको हो। ‘यो उपलव्धी प्राप्तीमा संघीय सांसद, प्रदेश सांसद लगायतको समन्वयको योगदान छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘प्राप्त भएको दमकल, भ्यान र एम्बूलेन्स ईलाका प्रहरी कार्यालय खोटाङबजारमा राख्ने छौँ । र आवश्यक परेको समयमा प्रयोगमा ल्याउने छौँ ।’ 

प्रदेश सरकारले उपलव्ध गराएको दमकल र प्रहरी भ्यान लिनका लागि गाउँपालिकाका अध्यक्ष राई, उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई लगायत बिराटनगर पुगेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...