News Portal

४० अर्बमा विरेठाँटीदेखि मुक्तिनाथसम्म ८४ किलोमिटर लामो केबलकार बन्ने

१०१२ पटक

पोखरा  – कास्कीको विरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म ३५ करोड अमेरिकी डलर (४० अर्ब २५ करोड रुपैयाँ) लागतमा झन्डै ८४ किलोमिटर लामो केबलकार लाइन निमार्ण हुने भएको छ । यो केबलकारको निर्माण मुक्तिनाथ दर्शन प्रालिले गर्ने छ ।

केबलकार लाइन विकास तथा सञ्चालनको जिम्मा मुक्तिनाथले पाएको छ । यसका लागि लगानी बोर्डको कार्यालय र मुक्तिनाथ दर्शनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शनका अध्यक्ष अरुणकुमार सुवेदीले हस्ताक्षर गरेका छन् ।

लगानी बोर्डका अनुसार विरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म ८३ दशमलव ६५ किलोमिटर लामो केबलकार लाइन निर्माण हुने छ । उक्त लाइनमा ६ वटा स्टेशन हुनेछन् । ती स्टेसनलाई विरेठाँटीदेखि घोरेपानी, घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेते मार्फा ट्रान्जिटदेखि जोमसोम, जोससोमदेखि कागबेनी र कागबेनीदेखि मुक्तिनाथ खण्डमा विभाजन गरिएको छ ।

लगानी बोर्डको गत वैशाख १५ मा बसेको ३०औं बैठकले केबलकार निर्माण प्रस्ताव स्वीकृत गर्नुका साथै मुक्तिनाथ दर्शन प्रालिलाई विस्तृत परियोजना प्रतिवेलदन तयार गराउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको थियो । समझदारीपत्रमा हस्ताक्षर भएको मितिले १८ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन तयारी गरी लगानी बोर्डसमक्ष पेस गर्नुपर्ने छ । बाह्रखरी

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...