News Portal

गम्भीर अपराधमा मिलापत्र नगर्न स्थानीय तहलाई मन्त्रालयको निर्देशन

हिमालीसंचार संवाददाता
४३५ पटक

काठमाडौं – बलात्कारजस्तो जघन्य अपराधमा पनि मिलापत्र गराउने कार्यमा जनप्रतिनिधिहरु नै संलग्न भएका समाचार सार्वजनिक भइरहेकोबेला सरकारले त्यस्ता काम रोक्न सबै स्थानीय तहहरुलाई निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै त्यस्ता गतिविधिमा रोक्न भनेको हो।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता बसन्त अधिकारीले भने, ‘गम्भीर प्रकृतिका कसूरमा पनि सहमति भएका समाचारहरु आइरहेका छन्। त्यसैले त्यस्ता कसूरहरु रोक्न सबै स्थानीय तहहरुलाई आवश्यक निरोधात्मक तथा प्रवर्द्धनात्मक कार्य गर्न/गराउन भनिएको छ।

यसअघि सप्तरीको डाक्नेश्वरी नगरपालिका-७ मा पञ्चायत बसेर बलात्कार पीडित र पीडकबीच मिलापत्र गराइएका समाचार सार्वजनिक भएको थियो। पीडित युवतीलाई प्रहरीमा उजुरी गर्न जानसमेत रोक लगाइएपछि ती युवतीले आत्महत्या गरेकी थिइन्।

यस्तै प्रकृतिका घटनाहरु सार्वजनिक भएपछि महान्यायाधिवक्ताको कार्यालयले पनि चासो व्यक्त गर्दै त्यस्ता कार्य रोक्नका लागि प्रवर्द्धनात्मक तथा निरोधात्मक कार्यहरु गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...