News Portal

धनकुटाको भेडेटार चार्ल्स भ्युटावरको स्काईवक निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर

हिमालीसंचार संवाददाता
४५१ पटक

धनकुटा– धनकुटाको भेडेटार चार्ल्स भ्युटावरको भुभागमा निर्माण हुन लागेको स्काईवक परियोजनाको निर्माण तथा संचालनको सम्बन्धमा प्रदेश १ मुख्यमन्त्री तथा प्रदेश स्तरीय मन्त्रिपरिषदको कार्यालयमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

प्रदेश १ का मुख्यमन्त्र शेरधन राईको उपस्थितिमा धनकुटा जिल्ला साँगुरीगढी गाँउपालिका पहिलो पक्ष, धरान उपमहानगरपालिका दोश्रो पक्ष र प्रदेश लगानी प्राधिकरण, प्रदेश नं. १ तेश्रो पक्षवीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

पहिलो पक्षबाट साँगुरीगढी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्य बहादुर भण्डारी, दोश्रो पक्षबाट धरानका प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल र तेश्रो पक्षबाट प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले हस्ताक्षर गरेका छन ।

यस्तै, धरानका मेयर तिलर राई र गाँउपालिकाका अध्यक्ष कुमारजंग याक्खाले पत्रको रोहवरमा हस्ताक्षर गरेका हुन्।समझदारी अनुसार बोन्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्राक्सन प्रा. लि. बुढीगंगा मोरङले स्काईवक निर्माण गर्ने भएको हो । यो दक्षिण एसियामा नै पहिलो पटक साहसिक पर्यटकिय परियोजना रहेको समझदारी पत्रमा उल्लेख गरिएको छ । 

भ्युटावरले चर्चेको भुभाग पहिलो र दोश्रो पक्षले लिजमा दिन साथमा लिजको समयावधि, निर्माण तथा संचालनको ढाँचा र परियोजना संचालन पश्चात लिज, रोयल्टी तथा अन्य शुल्क बापत प्राप्त गर्ने रकम बाँडफाँडको विषय २२ दिनभित्र टुङ्गयाउने सहमति समेत भएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...