News Portal

खोटाङमा गाँजा प्रशोधन गर्ने मेसिन सहित दुई जना युवा पक्राउ

हिमालीसंचार संवाददाता
५१५ पटक

खोटाङ – खोटाङमा गाँजा तथा सुर्ती प्रशोधन एवम् विक्रीवितरणमा संलग्न दुई जना युवा पक्राउ परेका छन् । घरैमा मेसिन ल्याएर गाँजा तथा सुर्ती प्रशोधन एवम् विक्रीवितरण गर्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयाक्ताका अन्दाजी २१ वर्षीय सुवास राई र २३ वर्षका अविन नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले घरैमा गाँजा तथा सुर्ती प्रशोधन गरेर अवैध विक्रीवितरण गर्दैआएको सूचनाका आधारमा राई र नेपालीलाई गाँजा प्रशोधन गर्ने मेसिन, गाँजाको धुलो, प्याक गरिएको तयारी अवस्थाको सुर्ती, सुर्ती प्याक गर्न प्रयोग हुने कच्चा पदार्थ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राईको घरबाट अवैधरुपमा गाँजा तथा सुर्ती प्रशोधन गर्दै विक्रीवितरण भइरहेको सूचनाका आधारमा उनीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षकको कमाण्डमा खटिएका संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।

राईको घरबाट ७ केजी गाँजाको धुलो, गाँजा प्रशोधन गर्ने फलामको एक सेट मेसिन, खोलमा भाले ब्राण्ड राखेर प्याक गरिएको १५ बोरा सुर्ती, दुई बोरा खुला सुर्ती, एक बोरा सुर्ती प्याक गर्ने प्लाष्टिक, महादेव छाप लेखिएको दुई बोरा स्टीकर, एक थान अचानो र फलामको दुई थान दाउ काट्ने हतियार बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राई र नेपालीलाई अवैध लागूऔषध तथा सुर्ती सहित बिहिबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनीहरु विरुद्ध लागूऔषध र राजस्व तथा करछली अन्तरगतको कारबाही प्रकृया अघि बढाइएको डिएसपी चिमरियाले बताए । नेपालीले भने गाँजा तथा सुर्ती प्रशोधनका लागि कामदारकोरुपमा काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बरामद भएको सुर्ती तथा सुर्तीजन्य पदार्थ कारबाहीका लागि करदाता सेवा कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ । ईजाजत नलिइ सुर्ती उत्पादन गरेको, नक्कली स्टीकर र ब्राण्ड लगाएको तथा अन्तशुल्क स्टीकर नटाँसी विक्री वितरण गरेको पाइएकाले उनीहरुलाई कानून अनुशार कारबाही हुने करदाता सेवा कार्यालय दिक्तेलका कर अधिकृत गोपाल राईले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...