News Portal

खोटाङमा गाँजा प्रशोधन गर्ने मेसिन सहित दुई जना युवा पक्राउ

हिमालीसंचार संवाददाता
४८९ पटक

खोटाङ – खोटाङमा गाँजा तथा सुर्ती प्रशोधन एवम् विक्रीवितरणमा संलग्न दुई जना युवा पक्राउ परेका छन् । घरैमा मेसिन ल्याएर गाँजा तथा सुर्ती प्रशोधन एवम् विक्रीवितरण गर्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयाक्ताका अन्दाजी २१ वर्षीय सुवास राई र २३ वर्षका अविन नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले घरैमा गाँजा तथा सुर्ती प्रशोधन गरेर अवैध विक्रीवितरण गर्दैआएको सूचनाका आधारमा राई र नेपालीलाई गाँजा प्रशोधन गर्ने मेसिन, गाँजाको धुलो, प्याक गरिएको तयारी अवस्थाको सुर्ती, सुर्ती प्याक गर्न प्रयोग हुने कच्चा पदार्थ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राईको घरबाट अवैधरुपमा गाँजा तथा सुर्ती प्रशोधन गर्दै विक्रीवितरण भइरहेको सूचनाका आधारमा उनीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षकको कमाण्डमा खटिएका संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।

राईको घरबाट ७ केजी गाँजाको धुलो, गाँजा प्रशोधन गर्ने फलामको एक सेट मेसिन, खोलमा भाले ब्राण्ड राखेर प्याक गरिएको १५ बोरा सुर्ती, दुई बोरा खुला सुर्ती, एक बोरा सुर्ती प्याक गर्ने प्लाष्टिक, महादेव छाप लेखिएको दुई बोरा स्टीकर, एक थान अचानो र फलामको दुई थान दाउ काट्ने हतियार बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राई र नेपालीलाई अवैध लागूऔषध तथा सुर्ती सहित बिहिबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनीहरु विरुद्ध लागूऔषध र राजस्व तथा करछली अन्तरगतको कारबाही प्रकृया अघि बढाइएको डिएसपी चिमरियाले बताए । नेपालीले भने गाँजा तथा सुर्ती प्रशोधनका लागि कामदारकोरुपमा काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बरामद भएको सुर्ती तथा सुर्तीजन्य पदार्थ कारबाहीका लागि करदाता सेवा कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ । ईजाजत नलिइ सुर्ती उत्पादन गरेको, नक्कली स्टीकर र ब्राण्ड लगाएको तथा अन्तशुल्क स्टीकर नटाँसी विक्री वितरण गरेको पाइएकाले उनीहरुलाई कानून अनुशार कारबाही हुने करदाता सेवा कार्यालय दिक्तेलका कर अधिकृत गोपाल राईले बताए ।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...