News Portal

सिन्धुपाल्चोक खाडिचौरकी एक युवतीको अमेरिकामा रेलगाडीको ठक्करबाट मृत्यु

हिमालीसंचार संवाददाता
६५९ पटक

सिन्धुपाल्चोक – न्यूयोर्कको क्विन्समा रेलगाडीको ठक्करबाट सिन्धुपाल्चोक खाडिचौरकी एक युवतीको अमेरिकामा रेलगाडीको ठक्करबाट मृत्यु भएको छ।

सिन्धुपाल्चोक खाडीचौर घर भै न्यूयोर्कमै बस्दै आएकी जीनाको रेलगाडीको ठक्करबाट मृत्यु भएको सिन्धुपाल्चोकबाट दुर्गा श्रेष्ठले हिमाली संचारलाई जानकारी दिएका छन्। लङ्ग आइल्याण्ड रेल रोड एलआइआरआर’को सामग्री बोक्ने रेलगाडीले मंगलवार बिहान स्थानीय समय करिब ५ बजे ठक्कर दिंदा नेपाली युवती परु श्रेष्ठ जीना’को निधन भएको हो । जीनाको परिवारमा दुई जना माइती तीन जना दिदी र आमा-बुवा रहेका छन् । मृतक श्रेष्ठ परिवारकी कान्छी छोरी हुन् ।

मृतक श्रेष्ठको अन्तिम संस्कार आगामी शनिवार गरिने बुझिएको छ । उक्त घटना वुडसाईट स्टेसन (चौकी) नजिक भएको प्रहरीले जानकारी दिएका छन । उनको घटना स्थलमै निधन भएको थियो । 

उक्त घटनापछि अस्थायी रुपमा जमैका र पेन स्टेसनवीचको  यातायात रोकिएको थियो । अनधिकृत रुपमा उक्त स्थानमा प्रवेश गर्दा सामान बोक्ने गाडीले उनलाई ठक्कर दिएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...