News Portal

सिन्धुपाल्चोक खाडिचौरकी एक युवतीको अमेरिकामा रेलगाडीको ठक्करबाट मृत्यु

हिमालीसंचार संवाददाता
६३७ पटक

सिन्धुपाल्चोक – न्यूयोर्कको क्विन्समा रेलगाडीको ठक्करबाट सिन्धुपाल्चोक खाडिचौरकी एक युवतीको अमेरिकामा रेलगाडीको ठक्करबाट मृत्यु भएको छ।

सिन्धुपाल्चोक खाडीचौर घर भै न्यूयोर्कमै बस्दै आएकी जीनाको रेलगाडीको ठक्करबाट मृत्यु भएको सिन्धुपाल्चोकबाट दुर्गा श्रेष्ठले हिमाली संचारलाई जानकारी दिएका छन्। लङ्ग आइल्याण्ड रेल रोड एलआइआरआर’को सामग्री बोक्ने रेलगाडीले मंगलवार बिहान स्थानीय समय करिब ५ बजे ठक्कर दिंदा नेपाली युवती परु श्रेष्ठ जीना’को निधन भएको हो । जीनाको परिवारमा दुई जना माइती तीन जना दिदी र आमा-बुवा रहेका छन् । मृतक श्रेष्ठ परिवारकी कान्छी छोरी हुन् ।

मृतक श्रेष्ठको अन्तिम संस्कार आगामी शनिवार गरिने बुझिएको छ । उक्त घटना वुडसाईट स्टेसन (चौकी) नजिक भएको प्रहरीले जानकारी दिएका छन । उनको घटना स्थलमै निधन भएको थियो । 

उक्त घटनापछि अस्थायी रुपमा जमैका र पेन स्टेसनवीचको  यातायात रोकिएको थियो । अनधिकृत रुपमा उक्त स्थानमा प्रवेश गर्दा सामान बोक्ने गाडीले उनलाई ठक्कर दिएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...