News Portal

सार्बजनिक गर्ने बित्तिकै गायिका उमा श्रेष्ठको तीज गीत भाइराल (भिडियो सहित)

हिमाली संचार संवाददाता
१४६३ पटक

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय देखि क्रियासिल गायिका उमा श्रेष्ठको यसपालिको तीज संगीतिको कोसेली “भाइराल तीज गीत” सार्बजनिक भएको छ । भाइराल तीज गीत नाममा बजारमा आएको यो तीज गीत उमा श्रेष्ठको नाममा सार्बजनिक भएको हो । हरेक नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल कलाकारहरुले पछिल्लो समयमा नयाँ बिषय खोजिरहेका हुन्छन् ।

सोहि क्रममा उनले यस बर्षको तीज २०७५ सालको शुभकामना सहित यस गीतलाई समय सान्दर्भिक बिषयमा बजारमा प्रस्तुत गरेकी छिन् । प्रस्तुत गीतमा डी.बि लोप्चन र उमा श्रेष्ठको सुमधुर स्वर रहेको छ । धमाकेदार स्वादमा बजारमा आएको यस गीतलाई लय तथा शब्द सिर्जना दिपक शर्माले भरेका हुन् । गीतको रोमान्चक भावअनुसार म्युजिक भिडियोलाई पनि निकै उकृष्ट प्रदान गर्दै डिजिटल बजारमा भाइराल बनाउने कोसिस गरिएको छ ।

भिडियोमा अन्जली अधिकारी र सन्जिब ठकुरीको रोमान्चक अभिनय सजिएको छ । भिडियोलाई छायांकन प्रकाश खड्काले गरेका हुन् भने निर्देशन बिक्रम चौहान र सम्पादन मिलन बि.क ले गरेका छन् । हामी गायिका उमा श्रेष्ठलाई गीतको नाम अनुसार यस बर्षको तीज लक्षित यो भाइराल बन्न सफल होस् भन्दै शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...