News Portal

  • किर्ते मुद्दाका आरोपी बने विद्यालय व्यवस्थापन समितिको अध्यक्ष

    हिमालीसंचार संवाददाता
    ४६८ पटक

    सुर्खेत – किर्ते मुद्दाका आरोपी विद्यालय व्यवस्थापन समिति (विव्यस)को अध्यक्ष पदमा चयन भएका छन्। विद्यार्थीलाई किर्ते प्रमाण पत्र बनाई बेचेको आरोप खेपीरहेका डन्डबहादुर विक वीरेन्द्रनगर-१६ मेहेलीस्थित आदर्श माध्यामिक विद्यालयको अध्यक्षमा चयन भएका हुन्। यही असोज २६ गते विककै अध्यक्षतामा आठ जनाको वैठक बसी उनलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो।

    २०७० सालमा विक र विद्यालयका तत्कालिन प्राधानाध्यपक खुमप्रसाद लामिछानेले किर्ते प्रमाणपत्र बेचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको थियो। यद्यपि उनिविरुद्धको आरोप फैसला भएको छैन।

    विकले नक्कली छाप र लोगो राखी किर्ते प्रमाणपत्र बनाउने र लामिछानेले प्रमाणित गर्ने गरेको आरोप लागेको थियो। ‘सोही आरोप उपर कारबाही भई मलाई पदीय जिम्मेवारी पूरा नगरेको भन्दै पदमुक्त गराईयो’ लामिछानेले भने, ‘उहाँ (विक)लाई हालसम्म कारबाही भएको छैन, सफाई पनि पाउनु भएको छैन।’

    विकको अध्यक्षतामा गठित विव्यसमा राजनीतिक भागबण्डाको आधारमा सदस्य छनौट गरिएको स्थानीयको भनाई छ। नाम उल्लेख नगर्ने शर्तमा दिइएको स्रोतको जानकारी अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट ३ जना र नेपाली काँग्रेसतर्फबाट ३ जना सदस्य चयन भएका छन्। जसमध्ये समितिको अध्यक्षमा विकसहित अन्य सदस्यहरु डम्बर लामिछाने, यामबहादुर रास्कोटी, हिमा तिवारी हमाल, तुल्सी छन्तेल, भुपेन्द्र ज्ञावली र रीता विक रहेका छन्।

    वीरेन्द्रनगर नगरपालिकाका सूचना अधिकारी एवंम् शिक्षा शाखाका उत्तमप्रसाद आचार्यले आरोप खेपिरहेको व्यक्ति अध्यक्ष हुन नपाउने प्रावधान रहेको बताए तर, विकको आरोपबारे जानकार नभएको उनको भनाई छ।

    यता, विकले आफुलाई मुद्दा परेकाे तर सफाई नपाएको बताएका छन्। ‘मुद्दा परेको हो, पटकपटक जवाफ पनि दिएको थिए। हालसम्म कारबाही वा, सफाई कुनैपनि निर्णय आएको छैन’ उनले भने, ‘कानूनी रुपमा नमिल्ने भए विव्यस अध्यक्षमात्र होइन जनप्रतिनिधीसमेत हुने थिएन होला। विक वीरेन्द्रनगर नगरपालिका नगरकार्यापालिकाका सदस्यसमेत हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    काठमाडौँ, कार्तिक २४ — पूर्वएमाले उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब...

    इक्वेडरको मचाला जेलमा दङ्गा : ३१ कैदीको मृत्यु

    क्विटो, कार्तिक २४  — इक्वेडरको मचाला जेलमा आइतबार भएको हिंसात्मक भिडन्तमा कम्तीमा ३१ कैदीको मृत्यु...

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...

    उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

    काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल”...

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...