News Portal

किरात राई यायोक्खाले जनगणनामा सहभागिताको लागि अपील, राजा यलम्बरको नयाँ तस्वीर सार्वजनिक

हिमालीसंचार संवाददाता
४८७ पटक

काठमाण्डौ – नेपालको किरातकालीन पहिलो राजा यलम्बरको नयाँ रेखाचित्र किरात राई यायोक्खाले आगामी राष्ट्रीय जनगणना २०७८ अभियान प्रचार प्रसार, जनचेतनामुलक कार्यक्रमका लागि काठमाण्डौमा एक कार्यक्रम आयोजना गरेर किरात राजा यलम्बरको नयाँ तस्वीर सार्वजनिक गरेको छ ।

वरिष्ठ कलाकार टेकबीर मुखियाले २०४८ सालमा निर्माण गरेको यलम्बर रेखाचित्रलाई युवावस्थाको नयाँ रूपमा सार्वजनिक गरिएको हो । नयाँ रेखाचित्रलाई कलाकार देव कोइमीले निर्माण गरेका हुन् । 

किरात राई यायोक्खाले प्रकाशन गरेको यलम्बरको रेखाचित्र मंगलवार एक कार्यक्रमवीच सार्वजनिक गरेको हो। नेपालको इतिहासमा गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै नेपाल वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाल प्रवेश गरि सकेको छ। इतिहासकारहरुका अनुसार नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ किरातकालमा भएको पाइन्छ । किरातवंशी राजाहरुले यलम्बरदेखि खिजुसम्म ३२ पुस्ताले १९ सय ६४ वर्ष नेपालमा शासन गरेका इतिहास छ ।

किरात शासनकालका आरम्भकर्ता राजा यलम्बर किरात राई यायोक्खाले गौरवमय व्यक्तित्वका रूपमा लिने गरेको किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले बताए। अध्यक्ष राईका अनुसार अबदेखि किरात यलम्बरको युवाकालीन रेखाचित्र विश्वभरी प्रयोग गरिने जानकारी समेत दिएका छन्। 

किरात जाति तथा समुदायमा दुईथरी यलम्बर सम्वत्‌को समेत प्रचलनमा रहेको छ। यसलाई येले संवत्, येले तङ्बे, येले थोचे भन्ने गरेका छन् । पहिलेदेखि चलनमा रहेअनुसार संवत् ५०८० पछिल्लो दशकमा इतिहासविद्ले पहिल्याए अनुसार ३७९९ समेत उल्लेख गरेको पाइन्छ । तथापी किरात राई यायोक्खाले येलेदोङ ५०८० सम्बतलाई प्रचलनमा ल्याएको छ।

किरात राई यायोक्खाले १२ औ राष्ट्रिय जनगणना २०७८ धरदैलो कार्यक्रम अन्तर्गत गणकहरुले मुख्य प्रश्नावली अन्तर्गत सोधिने प्रश्नहरुमा विशेष जातिय पहिचान, भाषा र धर्मबारे वास्तविक अभिलेखिकरण टिपोर्ट गर्नका लागि सहयोग गरिदिन हुन विशेष अपिल सहित अनुरोध गर्दै एक उदाहरण नमूना पत्र समेत जारी गरेको छ। 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...