News Portal

ईमोमार्फत ठगी गरेको अभियोगमा एकजना पक्राउ

हिमालीसंचार संवाददाता
५१७ पटक

सुनसरी – सामाजिक सञ्जाल ईमो मार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्‍यो भनी नगद ठगी गरेको अभियोगमा सिरहाको सिरहा नगरपालिका-१२ बस्ने २४ वर्षीय अरबिन्द्र कुमार कामतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

उनले शनिबार राति ईटहरि उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय पुरुषलाई ईमोबाट फोन गरी तपाईँ २०२० को ईमो लट्रि विजेता भई २५ लाख भारतीय रुपैयाँको हकदार हुनुभयो भन्दै नेपाल सरकारलाई टयाक्स वुझाउन भनि आईएमईबाट अरबिन्द्र कुमार कामतीको नाममा २२ हजार ५ सय नेपाली रुपैयाँ पठाउन लगाएको तथा सो रकम पाएको केही समयपछि चेकमा सही गर्ने अधिकृतलाई पनि नेपाली ५५ हजार रुपैयाँ दिनुपर्ने भयो सोही नाममा पठाउन लगाएको अनुसन्धानबाट खुल्न आएको छ।

कामतीलाई आइतबार आइएमईबाट रकम लिई हिँडेको अवस्थामा सिरहामा फेला पारी प्रहरीले पक्राउ गरेको हो। कामती उपर जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...