News Portal

ईमोमार्फत ठगी गरेको अभियोगमा एकजना पक्राउ

हिमालीसंचार संवाददाता
४७५ पटक

सुनसरी – सामाजिक सञ्जाल ईमो मार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्‍यो भनी नगद ठगी गरेको अभियोगमा सिरहाको सिरहा नगरपालिका-१२ बस्ने २४ वर्षीय अरबिन्द्र कुमार कामतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

उनले शनिबार राति ईटहरि उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय पुरुषलाई ईमोबाट फोन गरी तपाईँ २०२० को ईमो लट्रि विजेता भई २५ लाख भारतीय रुपैयाँको हकदार हुनुभयो भन्दै नेपाल सरकारलाई टयाक्स वुझाउन भनि आईएमईबाट अरबिन्द्र कुमार कामतीको नाममा २२ हजार ५ सय नेपाली रुपैयाँ पठाउन लगाएको तथा सो रकम पाएको केही समयपछि चेकमा सही गर्ने अधिकृतलाई पनि नेपाली ५५ हजार रुपैयाँ दिनुपर्ने भयो सोही नाममा पठाउन लगाएको अनुसन्धानबाट खुल्न आएको छ।

कामतीलाई आइतबार आइएमईबाट रकम लिई हिँडेको अवस्थामा सिरहामा फेला पारी प्रहरीले पक्राउ गरेको हो। कामती उपर जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...