News Portal

मोरङमा कालिका कन्ट्रक्सनले विधुत चाेरी गर्दै, चोरी प्रकरणका प्रावधान यस्तो छ

हिमालीसंचार संवाददाता
४०५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ७ स्थित सन्सारी माई मन्दिर अगाडी कालिका कन्ट्रक्सनले विधुत प्राधिकरणसंग अनुमति नलिइ पाेलबाट हुककाे प्रयोग गरेर विधुत चोरी गरेको छ।

कालिकाले विधुत चाेरी गरेर सडक खण्डको दायाँ बायाँमा सडक भत्कन नदिनका लागि निर्माण गरिरहेको छ। कम्पनीले विधुतप्राधिकरणसंग विधुत प्रयोग गर्नका लागि कुनै अनुमति लिएको छैन। कम्पनीले सडक कम्लमवाल रिटेनिङ्ग वाल बनाउनका लागि भाईवेरट सेमिन प्रयोग गर्नेका लागि कालिका कन्ट्रक्सनले विधुत चाेरी गरेर काम गरिरहेको छ।

रंगेलीको विधुत प्राधिकरण प्रमुख अबधेश गुप्ताका अनुसार  घर तथा माेटरमा हुकिङ गरेको पाईएमा २ हजारदेखि ५ हजारसम्म जरिवाना हुने र कुनै पनि कम्पनीले विधुत विना अनुमति प्रयोग गरेको पाईएमा ५ हजारदेखि १० हजार रुपैयाँ सम्मको जरिवाना हुने बताए।  

सडक खण्डको ठेक्का कालिका–मैनाचुली–भेडेन्सी जेभी काठमाण्डौले पाएकाे छ। कन्स्ट्रक्शन कम्पनीले अहिले साे क्षेत्रमा द्रुतगतिमा निर्माण गरिरहेको छ। त्यस सडक खण्डमा काम गर्नका लागि विधुत चाेरी गरेर काम गरिरहेकाे भेटिएको हाे। कालिकाले उक्त सडक निर्माण गर्नका लागि ७९ करोड २५ लाख ८६ हजार रुपैयामा ठेक्का पाएको छ। साे सडक ३  बर्ष भित्र निर्माण सम्पन्न गर्ने सम्झौता रहेको छ।


प्रतिकृया दिनुहोस्

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...