News Portal

मुक्तिनाथ दाहाल प्रकरण: मदनभण्डारी प्रतिष्ठान अगाडी विद्यार्थी र प्रहरीवीच झडप (भिडियोसहित)

हिमालीसंचार संवाददाता
४९७ पटक

उर्लाबारी – झापाको दमक–८ मा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत कर्मचारी मुक्तिनाथ दाहालको आत्महत्याको विषयलाई विषय विद्यार्थी आन्दोलित बनेका छन्। कर्मचारी दाहाललाई आत्महत्या गर्न बाध्य पारेको भन्दै विद्यार्थीहरुले निरन्तर प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्याललाई कार्वाहीको माग गर्दै आन्दोलन गर्दै आएका छन्।

प्रतिष्ठानले छानविन समिति बनाएर तत्काल कार्यकारी निर्देशक अर्याललाई काम नगर्न निर्देशन दिइसकेको छ। आइतबार शान्तिपूर्ण दबाबमुलक कार्यक्रम गर्ने तयार भएपनि अराजक समूहको घुसपैठ गरी उर्लाबारी–३ स्थित प्रतिष्ठान प्रवेशद्धार अगाडिको सीसी क्यामेरा तथा कुर्सी तोडफोड गरेका छन्।

प्रहरीमाथी नै विद्यार्थी जाइलागेका थिए। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धब पोखरेलले शान्तिपूर्ण आन्दोलन गर्न पटक पटक अनुरोध गरेपनि भिड प्रहरीमाथी नै जाइलागेको थियो। प्रहरीमाथी विद्यार्थी जाइलागेपछि इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली थप गरिएको थियो।

विद्यार्थीहरुले प्रहरीविरुद्धसमेत नाराबाजी गरेका थिए। उनीहरुले दोषीलाई कार्वाहीको माग र पीडित परिवारलाई न्याय दिन माग गरेका छन्। केहीबेर प्रहरीसँग घम्साघम्सीका बीच शान्तिपूर्वक प्रशासनमा तालाबन्दी मात्र गर्ने भनिएपछि सोही अनुसार तालाबन्दी गरिएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...