News Portal

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ओपिडी सेवामा अनलाइन टिकेटिङ सेवा दिने

हिमालीसंचार संवाददाता
३२४ पटक

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवालाई व्यवस्थित बनाउन सोमबारदेखि अनलाइनबाट टिकेटिङ सेवा सुरु गर्ने भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आइतबार साँझ एक सूचना जारी गरी सो जानकारी गराएको हो। प्रतिष्ठानको ओपिडीमा भिड बढेपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रतिष्ठानले सोमबारदेखि अनलाइनबाट बिरामीले आफ्नो नाम दर्ता गर्नुपर्ने जनाएको छ। सोमवारदेखि एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गएर ‘BPKIHS’ एप डाउनलोड गरेर आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ ।

विरामीले चाहिएको विभागमा गई टिकट दर्ता गर्ने र खल्ती /E-Sewa, IME Pay बाट तोकिएको रकम तिर्नुपर्नेछ । बिहान ८:०० बजे भन्दा अगाडी अनलाइन टिकट काटेमा सोही दिन र सो समयपछि दर्ता गरेमा अर्को दिनका लागि दर्ता हुनेछ । बिरामीले सम्बन्धित विभागको ओपिडी भित्रकै दर्ता काउन्टरबाट आफ्नो ओपिडी कार्ड लिई सम्बन्धित चिकित्सककोमा जानु पर्ने प्रतिष्ठानले जनाएको छ। 

धरान वीपी प्रतिष्ठानमा दैनिक नियमित ओपिडीको लागि मात्र यो सुविधा उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ। प्राइभेट ओपिडीको लागि पनि क्रमशः उपलब्ध गराइने पनि सूचनामा जानकारी दिइएको छ ।

प्रतिष्ठानको हरेक विभाग अन्तरगत ओपिडीका कार्य गर्ने सहयोगी कर्मचारीहरूले बिरामी दर्ता काउन्टरबाट अनलाइन दर्ता भएको बिरामीको ओपिडी कार्ड सोही दिन ९ बजे भित्र संकलन गरी लैजानु पर्ने हुनाले सो अनुसार गर्न सूचनामा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...