News Portal

गेसोको भेला सम्पन्न, भूपुगोर्खाको माग पुरा गर्न ५ बुँदे घोषणापत्र जारी

हिमालीसंचार संवाददाता
२७३ पटक

काठमाण्डौ – गोर्खा भुतपुर्व सैनिकहरुको अग्रणी संस्था गोरखा भूतपूर्व सैनिकसंघ गेसोले आफुहरुको माग अविलम्ब पुरा गर्नका लागि बेलायत सरकार समक्ष माग गरेको गेसोले अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलनपछि ५ बुँदे घोषणापत्र जारी गरेको छ।

गेसोले नेपाल-बेलायत सरकारका प्रतिनिधि सहित गोर्खाहरुको सहभागितामा गठित प्राविधिक समितिले सर्वसम्मत तयार पारेको १३ बुंदे प्रतिवेदन कार्यान्वयन गर्न मागलाई निरन्तरता दिएको छ। बेलायतले गोर्खामाथि गरेको विभेद र पीडामाथि केन्द्रित २२ असोजमा प्रथम अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलनबाट एक घोषणापत्र जारी गर्दै गेसोले  मागलाई निरन्तर राखेको छ। 

गोर्खाहरुको मागहरुलाई जति सक्दो छिटो पुरा हुनपर्ने बताउदै गोर्खा भुतपुर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राईले गोर्खाहरुको माग सम्बन्धमा नेपाल सरकारले पनि चासोका साथ पहल गर्नेुपर्ने कुरालाई जोड दिएको छ ।

सम्मेलनले गोरखाहरुलाई वंशजको आधारमा राजनीतिक अधिकार सहितको दोहोरो नागरिकताका लागि नेपाल सरकारसित जोडदार माग  समेत गरेको छ। विश्वयु’द्ध लगायत अन्य क्षेत्रीय यु’द्धहरु ल’डेर विश्वमा शान्ति ल्याएका तीनै यो’द्धाहरुको सम्मान र सम्झनामा एक महत्वपूर्ण अध्ययन र अनुसन्धान गर्न एक ब्यवस्थित संग्रहालय निर्माण गर्न नेपाल सरकारसंग उचित स्थानमा जग्गा उपलब्धता लागि जोडदार पहल गर्ने सम्मेलनले निर्णय गरेको छ ।

गोरखाहरुको सामाजिक आर्थिक तथा सांस्कृतिक असरहरुबारे अध्ययन गर्न गोरखा इतिहास सम्वन्धि नेपालको शैक्षिक पाठ्यक्रममा समवेश गर्न पहल गर्ने निर्णय पनि सम्मेलनले गरेको छ। सम्मेलनले २२ वर्ष सेवा अवधि पुरा गरेका व्रिटिश गोरखा सिपाहीले समान दर्जाअनुसारको समान पेन्सन, २१ वर्ष उमेरपछि १६ वर्ष सेवा पुरा गरेका व्रिटिश गोरखा अफिसरले व्रिटिश अफिसर समान दर्जा अनुसारको पेन्सन पाउनु पर्ने माग गरेका छन ।

१५ वर्ष सेवा पुरा गरेका व्रिटिश गोरखा सिपाहीले ब्रिटिश सिपाहीले पाउने २२ वर्षको पेन्सनको अनुपातिक १५ वर्षको पेन्सन दर्जा अनुसार पाउनुपर्ने मागलाई अगाडी सारेको छ । लामो समयदेखि विभेदमा परेका अप्रेसनल ड्युटीमा मारिएका, मरेका र घाइते भएका व्रिटिश गोरखाले व्रिटिश समान लिवरल र डिसएविलिटी (घाइते) पेन्सन पाउनु पर्ने साथै अन्य पेन्सनहरु जस्तै : वि’धवा, मेडिकल आदि सवैखाले पेन्सनहरु व्रिटिश सिपाही समान पाउनु पर्ने मागलाई जोडदार रुपमा उठाएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...