News Portal

सुनकाण्ड : डिएसपी राउतलाई थुनामै राख्ने आदेश

६६० पटक

मोरङ – उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा मुछिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) सञ्जयबहादुर राउतलाई थुनामा राखेर मुद्वाको प्रकृया अघि बढाउने जिल्ला अदालत मोरङको आदेश सदर गरेको छ ।

बिहीबार उच्च अदालतका न्यायाधीश थीरबहादुर कार्की र हरिप्रसाद भण्डारीको संयुक्त इजलासले राउतलाई थुनामा राख्ने जिल्लाको आदेश सदर गरेको हो ।

अनलाइनखबरका अनुसार जल्लाको आदेशविरुद्ध परेका २० वटा निवेदन समय अभावका कारण हेर्दा हेर्दैमा राखिएको छ भने ४ वटा निवेदन प्रतिवादी कानुन ब्यावसायीहरुले नै सारेको उच्च अदालत विराटनगरका सूचना अधिकारी राजकुमार दाहालले जानकारी दिए ।

राउत पक्राउ पर्नुअघि इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत थिए । राउतले त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा तस्करीको सुन कटाए बापत चुडामणि उप्रेती गोरेबाट १२ लाख रुपैयाँ लिएको भेटिएको छ ।राउतले भने अदालतमा इन्कारी बयान दिएका थिए ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...