
रामप्रसाद ढुंगेल/युएई – बलात्कारपछि मारिएका निर्मला पन्त र सम्झना बिकले न्याय पाउनुपर्ने माग राख्दै युएईमा नेपाली युवाहरूले सामुहिक दौड आयोजना गरेका छन्। गत ९ अक्टोबर शुक्रबार बिहान ६ देखि ११ बजेसम्म युएईको सबैभन्दा अग्लो पहाड जेवल जैसमा भेला भएर निर्मला पन्त र सम्झना बिकका बलात्कारीहरुलाई कारबाहीको माग गर्दै २० जना नेपाली युवाहरूले एक्यवद्धता जनाएको सामाजिक अभियन्ता रेसम लामाले जानकारी दिएका छन्।
सामाजिक संजालमा लोकप्रिय युएईमा कार्यरत नेपाली नर्स कल्पना गौड लगायत सारजा, दुबईबाट दौडमा सहभागी भएर नेपाली युवाहरुले निर्मला र सम्झनाले न्याय पाउनुपर्नेमा जोडदार माग राखेका थिए।
उक्त जमघटमा नवराज पाण्डे, माया पाण्डे, अर्चिता पाण्डे, रोजिना आचार्य,तिलक, रमन सुवेदी, मन्जु गुरुङ, राम भण्डारी, कमला, किरण, शर्मिला लामा लगायतले १५ किलोमिटर दौड सफलतापुर्वक पूरा गरि निर्मला पन्त र सम्झना बिकका पक्षमा आवाज उठाएको अभियानकर्मी कल्पनाले जानकारी दिएका हुन्।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
