News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सम्पादक बस्नेतलाई पक्राउ गरेकोमा काँग्रेस सभापति देउवाको आपत्ति

    हिमाली संचार संवाददाता
    ६०३ पटक

    काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन् ।

    बिहिबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले सम्पादक बस्नेतलाई पक्राउ गर्नु निन्दनीय भएको प्रतिक्रिया दिएका हुन् ।

    सभापति देउवाले प्रहरीले सम्पादक बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै आफ्नो पार्टी सो घटनाको खिलाफमा रहेको प्रतिक्रिया दिए ।

    उनले पत्रकारहरुलाई पक्राउ गर्नेजस्तो काम पनि गर्ने हो ? भनि सरकारलाई प्रश्न पनि गरेका थिए । सभापति देउवाले सरकारले पत्रकारहरुलाई पनि पक्राउ गरेकाले आफ्नो पार्टीले विरोध गर्नु परेको स्पष्ट पारे ।

    समाचार प्रकाशित गरेकै आधारमा गत सोमबार बिहान पक्राउ परेका खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

    त्यसैगरी सोही घटनामा आवश्यक सोधपुछ गर्न प्रहरीले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई पनि उर्दी जारी गरेको थियो ।

    सभापति देउवाले पत्रकारलाई पक्राउ गरिएको सो घटनाको निन्दा गर्दै आफ्नो पार्टीले विरोध गरिरहेको पनि स्मरण गराए । रातोपाटी

    प्रतिकृया दिनुहोस्

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...

    कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

    मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने...

    १३ गतेदेखि रोकिएको संसद् आज चल्ला? सहमति बन्ने संकेत तर निश्चितता छैन

    काठमाडौं, जेठ २६ – विवादित भिजिट भिसा प्रकरणलाई लिएर राजनीतिक दलहरूबीच निरन्तर छलफल चलिरहेका छन्।...