News Portal

  • बहालवाला मन्त्रीकै कुरा सुन्दैन टेलिकम, महिना दिनदेखि टेलिफोन सेवा बन्द

    गाउँगाउँमा निर्माण गर्ने भनिएको ७ वटा जिएसएम (नमस्ते)को टावर ३ वर्षदेखि अलपत्र !

    हिमालीसंचार संवाददाता
    ३७४ पटक

    जाजरकोट – स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका छन्, तर जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन बित्दासम्म सञ्चालन हुन सकेको छैन। जिल्ला समन्वय समिति जाजरकोटले सातै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका मताहातमा रहेका कार्यालयको प्रगति समीक्षामासमेत टेलिफोन सेवाकै मुद्दा प्रमुख बनाएर कुरा उठ्यो।

    समीक्षा कार्यक्रमबाटै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तथा अन्य सांसदलेसमेत फोनमा आएको समस्याका विषयमा टेलिकमको सबै तहका प्रमुखलाई फोन गरेर तत्काल समस्या समाधान गर्न आग्रह गरे। बहालवाला मन्त्रीलेसमेत आग्रह गरेको हप्ता दिन बितिसक्दासम्म महिना दिनअघि अवरुद्ध भएको फोन सेवा अझै सञ्चालन हुनसकेको छैन।

    पूर्वी जाजरकोटका नलगाड नगरपालिका, रुकुमपश्चिमको आठबीसकोट नगरपालिकालाई लक्ष्य गरी घेत्ममा रहेको स्काइ प्राविधिको टावरले काम नगरेको महिना दिन बित्यो। त्यस्तै बारेकोट गाउँपालिकालाई लक्ष्य गरी रतनकोटमा रहेको टेलिफोन टावर पनि बन्द भएको महिना दिन बित्यो।

    पश्चिम जाजरकोटको कुशे गाउँपालिका लताचुलीको टावर बन्द भएको दुई महिनाभन्दा बढी भयो। ‘दैनिक नेटवर्क आयो कि भनी मोबाइल फोन हेर्नमै दिन बितेको धेरै भयो’, कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गुनासो गरे। ‘कि सेवा देऊ कि टावर अन्यत्र सार ?’, अधिकृत गिरीले भने, ‘नेटवर्क नदिने टावर राखेर के काम ? टावर मर्मत गर भनेको कसैले सुन्दैन।

    त्यस्तै पीडा छ बारेकोट गाउँपालिकामा पनि, त्यहाँ मोबाइलमा टावर नदेखिएको महिना दिन बढी भयो। फोन गर्न गाउँका स्थानीयवासी जन्तेस्थित लेकमा ४ घण्टा हिँडेर जाने गरेको वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका शिक्षक कालीप्रसाद थापाले बताए। बारेकोटबाट बाहिर सम्पर्क गर्न र गाउँपालिकाभित्रका विभिन्न ठाउँका सम्पर्क गर्न खोजे पनि सम्भव नहुँदा हैरान हुँदै आएको थापाको गुनासो छ।

    इन्टरनेटको माध्यमबाट सामान्य खबर आदानप्रदान भएपनि सर्वसाधारण भारी मारमा परेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए। सदरमुकाम र स्थानीय तहको सञ्चार सम्पर्क टुटेको एक महिना बिते पनि तालुकदार कार्यालय, नेपाल टेलिकम कानमा तेल हालेर बसेको स्थानीयवासीले आरोप लगाएका छन्।

    जाजरकोटका स्थानीय तहमा अधिकांश स्काइ प्राविधिका टावर भएका कारण सबैमा एकैपटक खराबी आएको छ। निजी प्रदायक कम्पनी एनसेललेसमेत सेवा गाउँमा विस्तार नगरेका कारण सर्वसाधारण सञ्चार सेवाबाट मर्कामा परेका हुन्। जाजरकोटका गाउँगाउँमा निर्माण गर्ने भनिएको सात वटा जिएसएम (नमस्ते)को टावर ३ वर्षदेखि अलपत्र परेका छन्।

    यता नेपाल टेलिकमले भने सबै स्काइका टावरहरु सञ्चालनमा रहेको भन्दै गफ दिइरहेको छ। आफ्ना प्राविधिक गएर टावर मर्मत गरेर सञ्चालनमा आएको भनी झुटको खेती गरिरहेको जुनिचाँदेका रेशम खड्काले जानकारी दिए। जाजरकोट टेलिकम कार्यालयले आफूहरुबाट भन्दा क्षेत्रबाट प्राविधिक आएर टावरमा आएको समस्या समाधान गर्ने बताउँदै आएको छ।

    बुधबार जाजरकोटको जुनिचाँदे गाउँपालिका-१ ओलमा जिप दुर्घटना भए पनि सो ठाउँमा सञ्चार सेवा उपलब्ध नहुँदा अहिले सम्पर्क गर्न गाह्रो भएको जुनिचाँदे गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शिवा आचार्यले जानकारी दिए।

    अहिले अग्ला डाँडामा उकालो चढेर फोन सम्पर्क गर्न बाध्य भएको आचार्यको भनाइ छ। ‘दुर्घटनास्थल आए फोन अफ गर्नुपर्ने, डाँडामा गए मात्र फोन हुन्छ’, उनले भने। सदरमुकाम खलङ्गामा समेत सबै ठाउँमा फोनले काम नगर्दा हैरान भएको स्थानीयवासीको गुनासो छ।

    इन्टरनेटमासमेत सोही समस्या रहेको सर्वसाधारण पीडा पोख्छन्। गाउँमा बिरामी हुँदा होस् वा अन्य कुरा गर्नसमेत महिना दिनदेखि फोन सेवा बन्द भएपछि सर्वसाधारण आक्रोशित भएका छन्।
    रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...