News Portal

जवरजस्ती करणी आराेपीत लेखापाल पक्राउ

हिमालीसंचार संवाददाता
४५४ पटक

सुर्खेत – जबरजस्ती करणीकाे आराेप लागेका लेखापाललाई प्रहरीले पक्राउ गरेका छ। वीरेन्द्रनगर नगरपालिकाकाे लेखा शाखामा कार्यरत खेमराज शर्मालाई प्रहरीले शनिबार विहान पक्राउ गरेकाे हाे। नगरपालिकाका लेखापाललाई जवरजस्ती करणीकाे आराेप सम्बन्धी समाचार प्रकाशित भएकाे २४ घण्टा नबित्दै प्रहरीले पक्राउ गर्न सफल भएकाे हाे।

शर्माले एक महिलालाई जबरजस्ती करणी गरेकाे भन्दै प्रहरीमा परेकाे उजुरीकाे आधारमा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले जानकारी दिए। उनका अनुसार शर्मालाई शनिबार विहान उनकै घरबाट पक्राउ गरिएकाे हो। उजुरीका आधारमा शर्मालाई पक्राउ गरी थप अनुसन्धान भैरहेकाे भट्टले जानकारी दिए।

गत असोज ६ गते वीरेन्द्ररनगरस्थित बसपार्कको एक होटलमा शर्माले करणी गरेको पीडित महिलाले दिएकाे जाहेरीमा उल्लेख गरिएको छ। साथै शर्माले महिलालाई होटलमा लगेर मादक पदार्थ सेवन गरी करणी गरेको समेत उल्लेख गरिएकाे छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...