News Portal

सुन कमाउन गाको मदन, फिरेपछि मुग्लान पसे!

हिमालीसंचार संवाददाता
५२४ पटक

सुन कमाउन गाको मदन, फिरेपछि मुग्लान पसे
मदन आउदा बाकस भित्र, छिरेपछि मुग्लान पसे॥

बुढी सासू गनगनाउ छिन्, आइया आत्था दुख्यो भन्दै
सासूलाई नि अनेक रोगले, पिरेपछि मुग्लान पसे॥

ससुराले खेती लाउदै, जसोतसो पाल्दै थिएँ
बीउ मल किन्दा ऋणको भारी, भिरेपछि मुग्लान पसे॥

पैसाको तिरी मेरो बाबु, स्कुल लान नसकेसी
गिटी कुटी मासिक शुल्क, तिरेपछि मुग्लान पसे॥

पैसा थियो सुखी थियौ, र पो पाउथ्यौ माया सदभाव
दु: ख पर्दा आफन्त नि, गिरेपछि मुग्लान पसे॥

अञ्जिला थामी अर्पना
सूर्योदय नगरपालिका-१, इलाम

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...