News Portal

सुन कमाउन गाको मदन, फिरेपछि मुग्लान पसे!

हिमालीसंचार संवाददाता
५४५ पटक

सुन कमाउन गाको मदन, फिरेपछि मुग्लान पसे
मदन आउदा बाकस भित्र, छिरेपछि मुग्लान पसे॥

बुढी सासू गनगनाउ छिन्, आइया आत्था दुख्यो भन्दै
सासूलाई नि अनेक रोगले, पिरेपछि मुग्लान पसे॥

ससुराले खेती लाउदै, जसोतसो पाल्दै थिएँ
बीउ मल किन्दा ऋणको भारी, भिरेपछि मुग्लान पसे॥

पैसाको तिरी मेरो बाबु, स्कुल लान नसकेसी
गिटी कुटी मासिक शुल्क, तिरेपछि मुग्लान पसे॥

पैसा थियो सुखी थियौ, र पो पाउथ्यौ माया सदभाव
दु: ख पर्दा आफन्त नि, गिरेपछि मुग्लान पसे॥

अञ्जिला थामी अर्पना
सूर्योदय नगरपालिका-१, इलाम

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...