News Portal

वीरेन्द्रनगर नगरपालिकाका लेखापालमाथि जबरजस्ती करणीको आरोप !

हिमालीसंचार संवाददाता
१०४१ पटक

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लेखापालमाथि जबरजस्ती करणीको आरोप लागेको छ। नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले एक महिलालाई जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।

उनीमाथि महिलाले जवरजस्ती करणी आरोपमा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। गत असोज ६ गते वीरेन्द्रनगर बसपार्कको एक होटलमा शर्माले करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ। शर्माले महिलालाई होटलमा लगेर मादकपदार्थ सेवन गरेर करणी गरेको पिडित महिलाले दर्ता गरेको जाहेरीमा उल्लेख गरिएको छ।

यता, जिल्ला अदालत सुर्खेतले असोज ९ गते नै प्रहरीलाई प्रकाउ गर्न आदेशसमेत दिईसकेको छ तर, प्रहरीले भने शर्मालाई अहिलेसम्म पनि प्रकाउ गर्न सकेको छैन। घटनापछि शर्मा फरार रहेको प्रहरीको भनाई छ। सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले घटनाबारे अनुसन्धान भईरहेको भन्दै फरार शर्माको खोजीकार्य जारी रहेको बताए। प्रहरीले उजुरीका आधारमा शर्मालाई खोजिरहेको भन्दै अनुसन्धान भईरहेकोले धेरैकुरा बताउन नसकिने बताए।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...