News Portal

वीरेन्द्रनगर नगरपालिकाका लेखापालमाथि जबरजस्ती करणीको आरोप !

हिमालीसंचार संवाददाता
१०९२ पटक

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लेखापालमाथि जबरजस्ती करणीको आरोप लागेको छ। नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले एक महिलालाई जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।

उनीमाथि महिलाले जवरजस्ती करणी आरोपमा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। गत असोज ६ गते वीरेन्द्रनगर बसपार्कको एक होटलमा शर्माले करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ। शर्माले महिलालाई होटलमा लगेर मादकपदार्थ सेवन गरेर करणी गरेको पिडित महिलाले दर्ता गरेको जाहेरीमा उल्लेख गरिएको छ।

यता, जिल्ला अदालत सुर्खेतले असोज ९ गते नै प्रहरीलाई प्रकाउ गर्न आदेशसमेत दिईसकेको छ तर, प्रहरीले भने शर्मालाई अहिलेसम्म पनि प्रकाउ गर्न सकेको छैन। घटनापछि शर्मा फरार रहेको प्रहरीको भनाई छ। सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले घटनाबारे अनुसन्धान भईरहेको भन्दै फरार शर्माको खोजीकार्य जारी रहेको बताए। प्रहरीले उजुरीका आधारमा शर्मालाई खोजिरहेको भन्दै अनुसन्धान भईरहेकोले धेरैकुरा बताउन नसकिने बताए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...