News Portal

  • सभामुखद्वारा ४०औं बर्षगाँठमा साइप्रसका समकक्षीलाई बधाई

    हिमालीसंचार संवाददाता
    ३९३ पटक

    काठमाडौँ – नेपाल र साइप्रसबीच कुटनीतिक सम्बन्ध कायम भएको ४० बर्ष पूरा भएको अवसरमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र साइप्रसको प्रतिनिधिसभाका अध्यक्ष महामहिम डेमेट्रिस सिलौरिस (DEMETRIS SYLLOURIS)बीच शुभकामना आदानप्रदान भएको छ।

    उहाँहरुबीच आज भएको टेलिफोन सम्वादका क्रममा सभामुख सापकोटाले कुटनीतिक सम्बन्धको ४० औं बर्षगाँठका अवसरमा साइप्रसका समकक्षीलाई बधाई ज्ञापन गर्दै दुई देशबीच आपसी विश्वासका आधारमा सुमधुर सम्बन्ध रहेको बताउनु भयो।

    उहाँले साइप्रसले युरोपियन युनियनको सदस्यका रुपमा विश्व मानचित्रमा महत्वपूर्ण उपस्थिति जनाएको उल्लेख गर्नुभयो। सभामुख सापकोटाले साइप्रसमा १० हजार बढि नेपाली कामदारहरु पुगिसकेको सम्बन्धमा सरकार–सरकारबीच समन्वय गरेर नेपाली कामदार पठाउँदा व्यबस्थापनमा सहज हुने धारणा राख्नु भयो।

    उहाँले साइप्रसले नेपाली विद्यार्थीहरुलाई अध्ययनको अवसर सृजना गरेको र कोभिड–१९ का बेला साइप्रसमा रहेका नेपालीहरुलाई सहयोग र संरक्षण प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था हुने विश्वास व्यक्त गर्नु भयो।

    सम्वादका क्रममा सभामुख सापकोटाले नेपालको संघीय संसद र साइप्रसको संसदबीच संसदीय मैत्री समूह गठनका लागि प्रस्ताव राख्नु भयो। ऊहाँले विश्व समुदाय कोभिड–१९ महाव्याधिको चुनौतीसँग लडिरहेको उल्लेख गर्दै यसका कारण दुई देशबीचका उच्चस्तरीय भ्रमण समेत प्रभावित भएको बताउनुभयो।

    सभामुख सापकोटाले अवस्था सहज भएपछि अध्यक्ष सिलौरिसको नेपाल भ्रमण हुने विश्वास व्यक्त गर्नु भयो। सम्वादका क्रममा साइप्रसको प्रतिनिधि सभाका अध्यक्ष डेमेट्रिस सिलौरिसले दुई देशबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कोभिड–१९ का कारण सगरमाथा सम्वादका लागि आफ्नो निर्धारित नेपाल भ्रमण रोकिएको स्मरण गर्नु भयो।

    उहाँले काम र अध्ययनका सिलसिलामा १० हजार बढि नेपालीहरु साइप्रसमा रहेको जानकारी गराउँदै नेपालबाट औपचारिक पत्र प्राप्त भएपछि सरकार–सरकारबीच समन्वयका आधारमा कामदार लैजाने प्रक्रिया अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    अध्यक्ष सिलौरिसले संसदीय मैत्री समुह गठनको प्रस्तावलाई सकारात्मक रुपमा लिंदै संसदीय समूह गठन प्रक्रिया आरम्भ गर्ने बताउनु भयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रतुवामाईमा विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १२ – मोरङको रतुवामाई नगरपालिका–३ स्थित पिडारी चोकमा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान...

    जेनजी प्रतिनिधिको जोड– “चुनाव मात्र होइन, सुशासन र पारदर्शिता चाहिन्छ”

    काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल...

    संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

    काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा...

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...

    भारतका विद्युतमन्त्री खट्टरसँग मन्त्री घिसिङको भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

    काठमाडौं, कार्तिक १२ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले...