News Portal

आगामी ‘शुक्रबारदेखि दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन सुरू हुंदै’

हिमालीसंचार संवाददाता
४१७ पटक

काठमाण्डौ – नेपालीलाई समृद्धिको मार्गमा अग्रसर गराउन विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई मातृभूमि नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि अधिकतम सदुपयोग गर्ने उद्देश्य गैरआवासीय नेपाली संघले शुक्रबारदेखि दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन गर्ने भएको हो।

संघले विज्ञप्तिमा भनेको छ- “उद्देश्य प्राप्तिका लागि विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि एवम् पूँजीलाई नेपालको विकासमा प्रयोग गर्ने सम्बन्धमा संघले समयसापेक्ष नीतिगत पहलका लागि प्रयास गर्दै आएको यहाँहरु सबैलाई विदितै छ।

विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवम् समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न शुरु गरिएको थियो । यसलाई निरन्तरता दिँदै दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन  २०२० अक्टोबर ९ देखि ११ सम्म ९ असोज २३-२५, २०७७ आयोजना गर्न गइरहेका छौँ ।  सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउंदछौँ ।” 

भर्चुअल माध्यमबाट हुने यस सम्मेलनको उद्घाटन  शुक्रबार, असोज २३ गते अपरान्ह सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च प्रतिनिधीसहित स्वदेश तथा विदेशका विज्ञहरूको सहभागिता रहने सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन् ।

यस सम्मेलनमा २५ भन्दा बढी देशका १ सय भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३ सय भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ ।  सम्मेलनमा २ सय वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको संधले जनाएको छ। 

विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित हुनेछ । साथै संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ। 

गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा सम्पन्न हुन लागेको सम्मेलनमा काठमाडौँ विश्व विद्यालयको सहकार्य रहने जनाएको छ । परराष्ट्र मन्त्रालय,  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता  रहेको सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरुको सहभागी रहने उल्लेख गरिएको छ।

उक्त सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्रहरु प्रस्तुत हुने छन् । यस्तै, नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानीका साथै नेपालको विकास नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित भएर कार्यपत्रहरु  माथि घनिभूत छलफल  हुने समेत बताएको छ।

सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थान लगायतका सत्रहरु समावेश गरिएका छन् । यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, उर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञान लगायतका समानान्तर सत्रहरुमा विभिन्न विज्ञहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। 

कार्यक्रममा कार्यपत्र माथि सम्बन्धित विषयका विज्ञहरुले छलफल गर्ने, सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्ने तथा सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच पनि छलफल र परामर्श गर्ने कार्यक्रम तय भएको छ ।  सम्मेलनको निष्कर्षलाई एक श्वेतपत्रमार्फत नेपाल सरकार समक्ष सुझावको रुपमा प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको संधको प्रवक्ता, अन्तर्राष्ट्रिय समन्वय परिषद डिबी क्षेत्रीले ७ अक्टोवर २०२० हस्ताक्षर गरेका विज्ञप्तिमा उल्लेख गरेका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...