News Portal

शिला राईको “सुनैको स्वर्ग धिक्कार छ” गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६५४ पटक

काठमाण्डौ – कवि तथा गीतकार भुपाल राईको शब्द, कन्काईष्ट राईको संगीत र शिला राईको आवाजमा रहेको “सुनैको स्वर्ग धिक्कार छ…!” बोलको गीत बुधबार गायिका शिला राईको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सार्वजनिक गीत भर्जिन भ्वोईस रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा शाहस शाक्यको संगीत संयोजन रहेको गीतको रेकर्डिष्ट रोबर्ट लिम्बुले रेकडिङ गरेका गीतलाई मीन बिष्टले मिक्सिङ तथा मास्टरिङ गरेका हुन। 

सार्वजनिक गीत लिरिकल म्युजिक भिडियोको निर्माण तथा सम्पादन जस्केलो क्रीयसनले गरेको हो। विशेष गरेर विदेशिएर आफ्नो संस्कार, संस्कृति, माटो र आफ्नो देशलाई बिर्सिएर विदेशी संस्कार, संस्कृति र माटोलाई अंगालेका दोश्रो दर्जाको नागरिक भइ विदेशमा बसेका नेपाली र विदेशी भूमिमा दोश्रो दर्जाको नागरिक भइ बस्न लालायित हुने नागरिकलाई आफ्नो माटो, संस्कार, संस्कृति र आफ्नो देशको महत्वको विषयमा सार्वजनिक गीतले सचेत गराएको छ।

कोरोनाभाइरसका कारण लकडाउनको बिचमा सामाजिकदूरी कायम गर्दै एक प्रेसमिट गरेर फलैचा रेष्टुरेन्टमा सार्वजनिक गरिएको लिरिकल भिडियोमा शब्दले भन्न खोजेको कुराहरु विम्वात्मक ढंगले म्युजिक भिडियोका सम्पादक धन खालिङले हरेक बिम्बहरुको निक्कै उत्कृष्ट प्रयोग गरेको देख्न सकिन्छ।

अहिले हाम्रो देश, समाज र नेपाली समुदायले भोगिरहेको बास्तविक यथार्थताको एउटा स्पष्ट चित्र हो। यस्तो गीतहरु अरु थुप्रै बन्नु पर्दछ। प्रदेश नं. १ खोटाङ (क) प्रदेश सभा सदस्य तथा गीतकार राजन राई र भोजपुर जिल्लाबाट निर्वाचित संधिय साँसद सुदन किरातीले यो गीतको भाव पक्ष र बैचारिक पक्षलाई प्रत्येक नेपालीहरुले एक पटक मनन गर्नु पर्ने समय आएको भन्दै गीतकार भुपाल राई लेखन उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए। 

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...