News Portal

  • नेपालमा मृत्युदण्डको व्यवस्था लागू गर्न सक्दैन : मन्त्री तुम्बाहाम्फे

    हिमालीसंचार संवाददाता
    ६२९ पटक

    काठमाण्डौ – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले नेपालमा जस्तोसुकै गम्भीर अपराधमा संलग्न भए पनि अपराधीलाई मृत्युदण्ड दिन नसकिने बताएकी छन्।

    मन्त्री तुम्बाहाम्फेले एक अन्तरवार्ताका क्रममा अन्तर्राष्ट्रिय महासन्धीमा नेपालले गरेको हस्ताक्षर, नेपालकै संविधान लगायतका व्यवस्थाले गर्दा कसैले चाहेर पनि नेपालमा मृत्युदण्डको सजाय लागू गर्न नसकिने प्रष्ट पारेकी हुन्।

    नेपालमा पछिल्लो समय बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग बढिरहेको सन्दर्भमा मन्त्री तुम्बाहाम्फेले संविधानमै ‘मृत्युदण्ड दिइनेछैन’ भनेर लेखिसकेपछि ऐनमा मृत्युदण्डको व्यवस्था गर्न नसकिने बताइन्। ‘हामीले अन्तर्राष्ट्रिय महासन्धीमा हस्ताक्षर गरेका छौं र हामी पक्ष राष्ट्र बनेका छौं, मानव अधिकारको सन्दर्भमा हामीले हस्ताक्षर गरेर आएका छौं। हामी पक्ष राष्ट्र बनेका छौं,’ उनले भनिन्, ‘त्यही महासन्धीलाई आधार मानेर हाम्रो संविधानमै मृत्युदण्ड दिइने छैन भनेर लेखेका छौं ।’

    मन्त्री तुम्बाहाम्फेले अन्य मुलुकको तुलनामा नेपालमा अहिले कायम गरिएको दण्ड सजायको व्यवस्था खुकुलो भएको स्वीकार गरिन्। एसिड हमलाकै सन्दर्भमा छिमेकी मुलुक भारत, बंगलादेशमा पीडितको मृत्यु भएमा १० वर्ष कैददेखि मृत्युदण्डसम्मको कारबाही गर्ने व्यवस्था रहेको उनले बताइन्। ‘तर नेपालमा कैद सजायमात्रै तोकेका छौं, मृत्युदण्डको त कुरा गरेका छैनौं,’ उनले भनिन्, ‘त्यसैले अरुभन्दा हामी धेरै लचक नै छौं ।’

    नेपालमा एसिड हमलाकारीलाई पछिल्लो समय केही कठोर कानुनी व्यवस्था सरकारले ल्याएको उनको भनाइ छ। एसिड आक्रमणबाट पीडितले दैनिक पटक पटक मरेको अनुभूति गर्नुपर्ने भएकाले पनि सरकारले त्यस्ता आक्रमणकारीलाई कठोर सजायको व्यवस्था गरेको उनले बताइन् । 

    नेपाल सरकारले हालै ल्याएको अध्यादेशमा अदालतमा सुनुवाई गर्दा पनि तेजाब आक्रमणमा परेको केसलाई पहिलो प्राथमिकतामा राखेर हेर्नुपर्छ भन्ने व्यवस्था गरेको उनको भनाइ छ। ‘अरु किसिमको दण्ड सजाय भोगिरहेका व्यक्तिहरुले असल आचरण गर्यो भने कैद निलम्बन गर्न सक्ने अवस्था पनि रहन्छ, उसलाई कैद छुट दिने कैद माफी दिने पनि हुनसक्छ,’ उनले भनिन्, ‘तर यो केसमा कुनै पनि व्यक्तिलाई कैद सजाय माफी हुँदैन । उसको दण्ड सजाय निलम्बन हुँदैन। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    काठमाडौँ, कार्तिक २४ — पूर्वएमाले उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब...

    इक्वेडरको मचाला जेलमा दङ्गा : ३१ कैदीको मृत्यु

    क्विटो, कार्तिक २४  — इक्वेडरको मचाला जेलमा आइतबार भएको हिंसात्मक भिडन्तमा कम्तीमा ३१ कैदीको मृत्यु...

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...

    उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

    काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल”...

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...