News Portal

चर्चित हास्य कलाकार हरिवंश आचार्य दाम्पतीलाई कोरोना संक्रमण

हिमालीसंचार संवाददाता
३८४ पटक

काठमाण्डौ – वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

हास्य कलाकार आचार्यले फेसबुक पेजमार्फत् आफू र श्रीमती रमिलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। सामान्य लक्षण देखिएपछि सोमबार पिसिआर परीक्षण गराएको जानकारी दिँदै आचार्यले मंगलबार आएको रिपोर्टमा दुवै जनालाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

‘सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर टेस्ट गरेका थियौं, हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो, हाम्रो स्वास्थ्य अवस्था सामान्य छ। हामीसँग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरूले होम आइशोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला,’ आचार्यले लेखेका छन्।

‘यहाँहरूको माया, आशिर्वाद र शुभेच्छाका कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं, कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा यहाँहरू सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध गर्दछौं,’ आचार्यले लेखेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...