News Portal

पूर्वेली लोकभाका ‘कात्तिके साल्पा’ सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५८७ पटक

काठमाण्डौ – खोटाङ जिल्ला केपिलासगढी गाउपालिका सुङदेल-७ रियाङका गीतकार नवराज राईले पूर्वेली लोकभाका ‘कात्तिके साल्पा…!’  गायक राजेश पायल राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

गीतकार राई संखुवासभा खाँदबारीका एक स्थानीय बोर्डिङ स्कुलमा कार्यरत, संखुवासभाकै खाँदबारी एफएममा समेत कार्यरत छन्। गीतकार राईले पुर्वेली लोकगीत “कात्तिके साल्पा…” गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा बजारमा ल्याएका हुन् । 

सार्वजनिक पूर्वेली लोकभाका गीतको संगीत चर्चित युवा संगीतकार अनिल कोयी राईको रहेको छ। गीतमा विशेष गरेर खोटाङ जिल्ला केपिलासगढी गाउँपालिका वडा नं. ७ सुङदेल सेरोफेरोका प्राकृतिक  सुन्दरता, गाउँठाउँको परिचय  साथै संस्कार संस्कृतिलाई गीतकार राईले प्रस्तुत गरेका छन् । 

त्यस्तै, भोजपुर, खोटाङ र सोलुखुन्बूको संगम पवित्र स्थल साल्पा त्यस भेगको चर्चित पवित्र तीर्थस्थल, पर्यटकीय तथा धार्मिक स्थल साल्पाधामको विशेष महत्वलाई गीतकार राईले लोकभाका मार्फत संगीतमा रूपान्तरण गरेको हिमाली संचारसंगको कुराकानीमा बताए। 

साल्पाधाम भोजपुर, खोटाङ, सोलुखुम्बु, संखुवासभा, तेरथुम, पांचथर, धनकुटा लगायत पूर्वका विभिन्न जिल्लाका तिर्थालु भक्तजन आफ्नो मनोकांक्ष पुरा गर्नका लागि र उदेश्य प्राप्तिको भाकल भाग्न विशेषत बैशाखे पुर्णिमा र मंसिरे पुर्णिमामा दर्शनार्थीहरुको धुइचो रहन्छ।

गीतकार राईले स्थानीय साल्पा भाकाको जुहारी लोकभाका जस्तै भाकामा नरहे पनि पुर्वेली लोकभाकाको लागि दुर्लभ शब्दावली प्रयोग गरेर छुट्टै मनोरंजन दिने शब्द राखेका छन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...