News Portal

काठमाडौंमा २४ घण्टामा १५ सय ३१ जनामा कोरोना संक्रमण

हिमालीसंचार संवाददाता
३६५ पटक

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ सय ३१ जना कोरोना संक्रमित थपिएका छन्।काठमाडौंमा १ हजार १ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुर १ सय ३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

आइतबार काठमाडौंमा १३ सय ७३, ललितपुरमा १८७ र भक्तपुर ३९ गरी उपत्यकामा १५ सय ९९ जना कोरोना संक्रमित थपिएका थिए।२४ घन्टामा १३ हजार ७ सय ८१ पीसीआर परीक्षण भएका छन् । हालसम्म १० लाख ८८ हजार २ सय २९ पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

देशभर भने पछिल्लो २४ घन्टामा २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जना संक्रमित निको भएका छन्।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...