News Portal

काठमाडौंमा २४ घण्टामा १५ सय ३१ जनामा कोरोना संक्रमण

हिमालीसंचार संवाददाता
३९२ पटक

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ सय ३१ जना कोरोना संक्रमित थपिएका छन्।काठमाडौंमा १ हजार १ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुर १ सय ३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

आइतबार काठमाडौंमा १३ सय ७३, ललितपुरमा १८७ र भक्तपुर ३९ गरी उपत्यकामा १५ सय ९९ जना कोरोना संक्रमित थपिएका थिए।२४ घन्टामा १३ हजार ७ सय ८१ पीसीआर परीक्षण भएका छन् । हालसम्म १० लाख ८८ हजार २ सय २९ पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

देशभर भने पछिल्लो २४ घन्टामा २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जना संक्रमित निको भएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...