News Portal

कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव

प्रति क्वीन्टल ५ हजार १ सयमा पाइने चामल हाल सदरमुकामबाट गाउँमा पुर्याउँदा करिब १५ हजार पर्ने गर्दछ।

हिमालीसंचार संवाददाता
४६२ पटक

सुर्खेत – कर्णालीका हिमाली जिल्लाका स्थानीय पालिकाहरुमा खाद्यान्नको अभाव भएको छ। चाडपर्व नजिकिदै गर्दा खाद्यान्नको अभाव भएको हो। ढुवानीको जिम्मा लिएका कम्पनीहरुले समयमानै सम्बन्धीत ठाउँमा खाद्यन्न नपुर्याउँदा खाद्यान्न अभाव सृजना भएको हो।

कोरोना सक्रमणका कारण भएको लकडाउनमा चीनसँगका सिमा नाका बन्द भएपछि उपल्लो डोल्पामा खाद्यान्न संकट चुलिएको त्यहाँका पालिकाहरुले बताएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चीन हुँदै माथिल्लो डोल्पाका डोल्पोवुद्ध र शे–फोक्सुण्डो गाउँपालिकामा पठाउने खाद्यान्न सिमा नाका बन्द भएकाले ढुवानी हुन नसक्दा संकट चुलिएको हो।

स्थानीय स्तरमा उत्पादन भएको आलु, उवा र जौ लगायतका स्थानीय खाद्यन्न सकिएको भन्दै त्यहाँका नागरिकहरुले अब विहान बेलुकाको छाक टार्न पनि समस्या भएको बताएका छन्। यस्तो अवस्थामा नागरिकलाई भोकबाट बचाउन सरकारले वैकल्पिक उपाय खोज्नु पर्ने डोल्पोवुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले बताउनुयो।

अध्यक्ष गुरुङका अनुसार सरकारले उपलब्ध गराउँदै आएको प्रति क्वीन्टल ५ हजार १ सयमा पाइने चामल हाल सदरमुकामबाट गाउँमा पुर्याउँदा करिब १५ हजार पर्ने गरेको छ। शे–फोक्सुण्डो गाउँपालिका –८ का अध्यक्ष निमा लामाले आफूहरुले कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई तत्काल हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गर्ने व्यवस्था गरिदिन अनुरोध जानकारी दिनुभयो।

आर्थिक बर्ष ०७७/०७८ मा खाद्य संस्थान केन्द्रिय कार्यालयले मुगुका चारवटै स्थानीय तहका लागि छुट्याएको खाद्यन्न समयमै ढुवानी हुन सकिरहेको छैन्। खाद्य संस्थान मुगु शाखाको ११ हजार क्विन्टल मध्ये सुर्खेतबाट खड्का निर्माण सेवाले ३ सय २० क्विन्टल खाद्यान्न ढुवानी गरेको छ।

राजापुर र नेपालगंजबाट ढुवानीको जिम्मा लिएको बराल ढुवानी सेवाले हालसम्म ढुवानी गरेको छैनन। खत्याड गाँउपालिकामा रहेको श्रीकोट डिपाको ढुवानीको जिम्मा लिएको शिद्धार्थ ढुवानी सेवा र रातापानी बिक्रि केन्द्रमा ढुवानीको जिम्मा लिएको बराल ढुवानी सेवालेपनी ढुवानी नगरेको बताइएको छ।

सोरु गाँउपालिकाको सोरुकोट डिपो र कालै बिक्री केन्द्रको ढुवानी जिम्मा लिएको शर्मा ढुवानी सेवालेसमेत ढुवानी गरेका छैनन।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...