सामन्तवाद व्यवस्था मात्र हैन यो संस्कृति र चरीत्र पनि हो। यहाँ सामन्ती व्यवस्थाको अन्त्य त भयो तर यसको संस्कृति र चरीत्र जिवित रहेको छ।यहाँ लोकतन्त्रको मुल्य र मान्यता ओझेलमा परेको छ। त्यसकारण जनताले भोग्नुपरेको समस्यामा केही भिन्नता आएको छैन। आज नेपाली जनतालाई लोकतन्त्रको नाम मात्र दिएको छ।
लोकतन्त्र भनेको जनताबाट जनताले नै निर्वाचित गरिएको प्रतिनिधिले शासन गर्ने व्यवस्था हो। यस व्यवस्थामा जनताको समानता र स्वतन्त्रताको विषयलाई प्रधान मानिन्छ। लोकतन्त्रका दुई धारा छन: (१) उदारवादी लोकतन्त्र (पुजीवादि), (२) माक्र्सवादी लोकतन्त्र।
उदारवादी लोकतन्त्रले दलीय प्रतिस्पर्धा वा बहुदलीय व्यवस्थालाई स्वीकार गर्दछ भने माक्र्सवादी लोकतन्त्रले बहुदलीय व्यवस्थालाई स्वीकार गर्दैन। यी दुबै धाराले लोकतन्त्रको मूल्य मान्यतालाई स्वीकार गर्छन। आजको विश्वमा धेरै मुलुकहरूमा उदारवादी लोकतन्त्र प्रचलित रहदै आएको छ। पुजीवादी मुलुकमा भएको लोकतन्त्र हामी नेपाली जनताले भोगेको लोकतन्त्र भन्दा धेरै उत्कृष्ट देखिन्छ।
गाईको हत्या गर्नु पाप हो र यदि कसैले यस्तो गरेमा कानुनले दण्डित गर्ने हाम्रो देशमा। बलात्कार गरेर हत्या गर्ने अपराधीहरुलाई किन छुट पाएका छन अथवा ती अपराधी कुनै देवी देवताका अवतार हुन ? त्यसकारण तीनलाई कार्वाही गर्न मिल्दैन।नेपालमा निरंकुश राजतन्त्रको अन्त्य पछि सामन्तवादको अन्त्य र लोकतन्त्र स्थापना भएको मानिए पनि यथार्थमा विपरीत पुष्टि भएको छ।
फरक मात्र व्यवस्थाको नाममा भएको छ। जनताले आफ्नो सरोकारको विषयमा बोल्न नपाउने न्याय माग्न नपाउने। जनताले सरकारले गरेको गल्तीमा औला उठाउनु नपाउने। लोकतन्त्रको नाममा र निरंकुश र सामन्ती व्यबहार गर्दै आएको छ। यस्तो प्रकारको व्यबहार बाट प्रष्ट हुन्छ हाम्रो देशको राजनीतिक अवस्था भनेको अर्ध सामन्ती र अर्ध उपनिवेश नै हो।
नेपालको राजनीतिक इतिहासमा भनेको जस्तो गर्न खोजेतापनि गर्न हिजोको दिनमा धेरै समस्याहरु थिए। जस्तै कहिले राजा बाधक भए त कहिले दस वर्षे जनयुद्ध यस्तै अनेको किसिमको समस्याहरु पन्छाएर आएको नेपाली राजनीतिक दलको सरकारलाई आज के बाधक भएको छ।
बहुमत मात्रैको सरकार हैन दुई तिहाई बहुमतको सरकार छ। प्रतिपक्षमा रहेको पार्टी पनि सरकारले गरेको हरेक काम खासै आफ्नो असहमति नराख्ने राखेपनी राखेको जस्तै मात्रै गर्ने। यत्ति सहज वातावरणमा पनि सरकार कहाँ गुमनाम छ।
यो सरकार जनताको सरकार र लोकतान्त्रिक नेपालको सरकार भन्ने कुनै कार्य गरे जस्तो मलाई लागदैन। उ सधै आफ्नो कार्यकर्तालाई खुशी पार्न व्यस्त देखिन्छ। जनताको भोक र रोगको मर्काको मर्म नबुझेको छ, नबुझ्ने वाला छ। आफ्नै पार्टी आन्तरिक किचलोमा बढी रुमलिएको देखिन्छ। सरकार मेरो पार्टी मेरो कार्यकर्ता मेरो विशेष मान्छे अनि वादमा जनता भनेको आसय खुल्ला र स्पष्ट देखिएको छ।
जनता शीत कर को सरोकार मात्र हैन जनताको अवस्था शीत पनि सरोकार राख्नु पर्ने उसको दायित्व हो। दुई तिहाईको सरकार श्री ५, श्री ३ भन्दा पनि धेरै उत्कृष्ट भएको छ। एउटा व्यक्तिलाई निर्विकल्प मानेर आफ्नो वरिपरि विभिन्न पदमा सम्मानित गरेर राखेको छन। राजनीतिमा त्याग, निरन्तरता, बलिदान, योगदान, समर्पणको पनि कदर हुनु पर्ने हैन र यहाँ त क्षमता भएको अतभुत प्राणी रूपमा प्रस्तुत गरेका छन।
राजामहाराजाको समय जस्तो चाकडी आज पनि चलेकै छ। उ सहि कि गलत भन्ने प्रश्न भन्दा पनि उसको कति निकटतम सम्बन्धले मुख्य भुमिका खेलेको हुन्छ। राज्यबाट सम्मानित पुरस्कार वितरण गर्दा यहि नियम लागू भएको देखिन्छ। राज्यको हितमा सम्मान जनक कार्य गर्दा प्राप्त हुने सम्मान गलत गर्ने र केही नगर्नेले पनि पाउने चलनको विकास भएपछि राम्रो काम गर्ने व्यक्तिले पाएपनी त्यसलाई अस्विकार गरेका छन। यो राज्यले सधै जनताको हित विपरीत काम गर्दै आएको छ। जनआन्दोलन दबाउने जनतालाई निर्मम हत्या गर्नेका अगुवा र कारिन्दारहरु लोकतन्त्र बहाली पछि उनीहरुले नै सम्मान र राज्य मुख्य पदमा आसिन भए।
धर्म सबैको आफ्नै आफ्नै आस्था होलान् कसैको धर्म प्रती मेरो कुनै आरोप प्रत्यारोप गर्नु मेरो आश्रय होईन। धर्म र जातिय अतिवादले राम्रो भन्दा नराम्रो बढी गर्छ। गाईले नेपालमा न्याय पाउने तर निर्मला पन्त र सम्झना कामीलाई न्याय दिन नमिल्ने किन ?
वास्तविक देश र जनताको निमित्त लडेका मान्छे जहाँको तेहि छन। जनताको निम्ति आवाज उठाउदै आमरण अनुसन बस्दै आएको एक स्वतन्त्र नागरिक कुरा यो सरकारले मात्रै हैन विगतका अरु सरकारले पनि आश्वासन मात्रै दिएका कारण यो आमरण अनुसनले आजको दिन सम्म निरन्तरता पाएको छ। अरुले गरेन भन्नुको अर्थ मैले राम्रो गरेको छु भन्ने हुदैन।
विगतका व्यवस्थामा पनि आफ्नो हक अधिकारको लागि जनताले आफ्नो आवाज बुलन्द पार्दा शासकले प्रहरी द्वारा दमन, ज्यादती, आक्रमण गर्थे। आज त्यहीँ आक्रमण र दमन भोगेको मानिस राज्यको कार्यकारी बन्दा उसले पनि त्यही व्यबहार दायाँबायाँ नगरी हुबहु लागू गरिरहेको छ।
हामी राज्यमा छौ यहाँ कानुन छ प्रशासन छ प्रहरी छ। बलात्कार पछि हत्या भएको घटना एक पछि अर्को घटना आउदै गर्दा पनि सरकारले प्रहरीको प्रयोग आफ्नो सरकार प्रतिको विरोधी भिडलाई पन्छाउने काममा मात्र लगाएको छ। यहाँ न्यायको नाम नाममै मात्रै छ खै उत्पीडित वर्ग जहाँको त्यहीँ छन। हाम्रो समाजको चिन्तन प्रणाली कस्तो छ ? हामी मान्छे र जनावरको भिन्नतामा अलमल परेका छौ। गाई राष्ट्रिय जनावर मात्र नभएर भगवानको रुपमा मानेका छौ, यो समाज र राज्यले पनि। यो विश्व व्यापी मान्यता हैन।
गाईको हत्या गर्नु पाप हो र यदि कसैले यस्तो गरेमा कानुनले दण्डित गर्ने हाम्रो देशमा। बलात्कार गरेर हत्या गर्ने अपराधीहरुलाई किन छुट पाएका छन अथवा ती अपराधी कुनै देवी देवताका अवतार हुन ? त्यसकारण तीनलाई कार्वाही गर्न मिल्दैन।
धर्म सबैको आफ्नै आफ्नै आस्था होलान् कसैको धर्म प्रती मेरो कुनै आरोप प्रत्यारोप गर्नु मेरो आश्रय होईन। धर्म र जातिय अतिवादले राम्रो भन्दा नराम्रो बढी गर्छ। गाईले नेपालमा न्याय पाउने तर निर्मला पन्त र सम्झना कामीलाई न्याय दिन नमिल्ने किन ?
यी त केही प्रतिनिधि घटना मात्र हुन। यस्ता थुप्रै लुकेका घटनाहरु छन। यहि हो त लोकतन्त्र, लोक भलाई लोक उन्नत भएको हो। यसैको लागि हो त सर्वहारा वर्ग हितको नारामा गित बनाएर गाउदै पुजीवादी वर्गको हितको लागि, माफिया र दलालशीत घाँटी जोडनु नै एक मात्रा उदेश्य देखियो छ, आज खोक्रो कम्युनिस्ट सरकारको व्यबहारले यथार्थ देखाएको छ।
सरकारले जनताको वास्तविक हित गर्ने भन्दा जनतालाई उत्पीडित पार्ने पक्षमा छ। आज विश्व जगत विज्ञान प्रविधिको कारणले गर्दा असम्भव र कल्पना भन्दा बाहिरको विषयलाई पनि सम्भव बनाइ रहेको छ। हाम्रो वर्तमान समय उत्तरआधुनिककालमा छ तर विडम्बना हाम्रो मनस्थिति त्यो प्राचीनकालको दन्ते कथामा नै अलमल्ल परेको छ।
एउटा नेपाली भनाइ चलनचल्तीमा थियो, सानालाई एैन ठुलाई चैन, यो भनाइले आज पनि सान्दर्भिकता पाएको छ। गलतलाई गलत भन्न नमिल्ने, भ्रष्टाचारीलाई भ्रष्टाचारी भन्न नमिल्ने, दलाललाई दलाल भन्न नमिल्ने, अधिकार पाइन् मलाई अन्याय भो भन्न नमिल्ने यो कस्तो लोकतन्त्र हो। यो केबल लोकतन्त्र भित्रको निरंकुशताको पराकाष्ठा मात्र हो।
प्रदिप सुनुवार, हाल: काठमाडौं ।