News Portal

एकतर्फी सञ्चालनमा आयो तातोपानी  नाका

हिमालीसंचार संवाददाता
३७१ पटक

काठमाडौं – तातोपानी र रसुवागढी नाका आइतबारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । दुवै नाका भएर नेपालतर्फ माल वस्तु ढुवानी सुरु भएको रसुवागढी र तातोपानी भन्सार कार्यालयले जनाएको छ।

आइतबार बिहान रसुवागढी नाका भएर नेपाली भन्सार यार्डमा चीनबाट पाँच ट्रेलर माल वस्तु प्रवेश गरेको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए।

पाँच ट्रेलर समान नेपाली १० कन्टेनर बराबर हुने खड्काको भनाइ छ। नेपाली सामान छोडेर चीनको कन्टेनर डिस्इनफेक्सन गेरर फर्किएको छ, आज पहिलो दिन भएर अलि कम सामान आयो भोलिबाट नियमित हुन्छ। भन्सार प्रमुख खड्काले भने । रसुवागढीमा भित्रिएको सामान चीनतर्फ यसअघि रोकिएको लत्ताकपडाहरु हुन् ।

यस्तै आइतबारबाट तातोपानी नाकाबाट पनि समानहरु नेपालतर्फ आउन थालेको तातोपानी भन्सार कार्यालयले जनाएको छ। तातोपानी नाका भएर १२ वटा कन्टेनर नेपाल आउन हिँडेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए।

‘सामान आउँदै छ, नेपाल आउन सामान लोड भएको जानकारी मैले पाएको छु। भन्सार प्रमुख खत्रीले भने।

यसैबीच नेपालका लागि चिनीयाँ राजदूत होउ यन्सीले पनि नेपालका लागि अति आवश्याक सामान पठाउन तातोपानी नाका पुनः सञ्चालनमा आएको ट्वीटरमार्फत जानकारी दिएकी छिन्।

‘म खुसी छु, तातोपानीतर्फको नेपाल चीन नाका आजबाट पुनः सञ्चालनमा आएको छ। यसमा नेपाल र चीन दुवैको मेहिनत छ। नेपालीको दशैं बनाउन अत्यावश्यक वस्तु दवै नाका भएर आउनेमा म विश्वस्त छु।राजदूत यन्सीले भनेकी छिन्।

नेपाली श्रमिकलाई कोरोना देखिएपछि भदौ १५ गतेदेखि रसुवागढी  र बाढी तथा पहिरोका कारण असार ४ गतेदेखि तातोपानी नाका अवरुद्ध भएको थियो।

 

 

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...