News Portal

एकतर्फी सञ्चालनमा आयो तातोपानी  नाका

हिमालीसंचार संवाददाता
४३२ पटक

काठमाडौं – तातोपानी र रसुवागढी नाका आइतबारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । दुवै नाका भएर नेपालतर्फ माल वस्तु ढुवानी सुरु भएको रसुवागढी र तातोपानी भन्सार कार्यालयले जनाएको छ।

आइतबार बिहान रसुवागढी नाका भएर नेपाली भन्सार यार्डमा चीनबाट पाँच ट्रेलर माल वस्तु प्रवेश गरेको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए।

पाँच ट्रेलर समान नेपाली १० कन्टेनर बराबर हुने खड्काको भनाइ छ। नेपाली सामान छोडेर चीनको कन्टेनर डिस्इनफेक्सन गेरर फर्किएको छ, आज पहिलो दिन भएर अलि कम सामान आयो भोलिबाट नियमित हुन्छ। भन्सार प्रमुख खड्काले भने । रसुवागढीमा भित्रिएको सामान चीनतर्फ यसअघि रोकिएको लत्ताकपडाहरु हुन् ।

यस्तै आइतबारबाट तातोपानी नाकाबाट पनि समानहरु नेपालतर्फ आउन थालेको तातोपानी भन्सार कार्यालयले जनाएको छ। तातोपानी नाका भएर १२ वटा कन्टेनर नेपाल आउन हिँडेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए।

‘सामान आउँदै छ, नेपाल आउन सामान लोड भएको जानकारी मैले पाएको छु। भन्सार प्रमुख खत्रीले भने।

यसैबीच नेपालका लागि चिनीयाँ राजदूत होउ यन्सीले पनि नेपालका लागि अति आवश्याक सामान पठाउन तातोपानी नाका पुनः सञ्चालनमा आएको ट्वीटरमार्फत जानकारी दिएकी छिन्।

‘म खुसी छु, तातोपानीतर्फको नेपाल चीन नाका आजबाट पुनः सञ्चालनमा आएको छ। यसमा नेपाल र चीन दुवैको मेहिनत छ। नेपालीको दशैं बनाउन अत्यावश्यक वस्तु दवै नाका भएर आउनेमा म विश्वस्त छु।राजदूत यन्सीले भनेकी छिन्।

नेपाली श्रमिकलाई कोरोना देखिएपछि भदौ १५ गतेदेखि रसुवागढी  र बाढी तथा पहिरोका कारण असार ४ गतेदेखि तातोपानी नाका अवरुद्ध भएको थियो।

 

 

 

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...