News Portal

दैलेखको नारायण नगरपालिकामा सेटिङ मिलाएर विद्यालय नर्सिङ छनौट !

हिमालीसंचार संवाददाता
७०९ पटक

गोविन्द केसी,यामराज विष्ट/दैलेख – दैलेखको नारायण नगरपालिकामा विद्यालय नर्सिङ कार्यक्रम अन्तर्गत लिखित परिक्षामा सेटिङ मिलाएर परिक्षा लिएको र भागबण्डामै नर्सिङ छनौट भएको आरोप लागेको छ। कर्मचारी र जनप्रतिनिधिहरुको भागबण्डामा नर्सिङ स्टाफ छनौट भएको आरोप लागेको हो।

नारायण नगरपालिकामा १० जना छनौट भएको थियो। ४२ जनाले आवेदन दिएका थिए। लिखित परिक्षामै कर्मचारी र जनप्रतिनिधिको मिलोमत्तोमा आफ्ना परिक्षार्थीलाई प्रश्न आउट गरेर परिक्षा लिएको समेत आरोप नगरपालिकाभित्र कर्मचारी र स्थानीयले गरेका छन्।

लिखित परिक्षामा १३ जना परिक्षार्थीको नाम प्रकाशित गरिएको थियो त्यसमा १० जनालाई छनौट गरिएको जनाईएको छ। लिखितमा नाम निकालेपछि विवाद हुन्छ भनेर धेरै परिक्षार्थीलाई लिखितमै फेल गराईयो। एक स्थानीयले भने, विवाद नहुने गरि १३ जनालाई नाम निकालेर भागबण्डामै छनौट भयो।

प्रमुख र उपप्रमुख लिखित परिक्षामा प्रश्न तयार हुदाँदेखी नै बसेका थिए। श्रोतका अनुसार नगरप्रमुखले २ जना, प्रदेश सांसद अम्मरबहादुर थापाले २ जना, उपप्रमुखले २ जना, नगरको शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले १ जना र निमित्त प्रमुख प्रशासकिय अधिकृतले १ जना गरि ८ जना भागबण्डामा राखेको आरोप लागेको छ। अन्य दुई जनाको खुलेको छैन्।

परिक्षामा विषय विशेषज्ञ डाक्टर जगत थापा, स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमाल र प्रमुख प्रशासकिय अधिकृत रेशम बहादुुर बुढा लिखित तथा मौखिक परिक्षामा सहभागी थिए।

नगरपालिकाभित्रका ९ माध्यमिक विद्यालय र एउटा निमाबिमा गरि १० विद्यालयमा रही वडाभित्रका प्राथामिक विद्यालयमा समेत हेर्ने गरि नर्स (सुब्बा सरह) सेवा पाउने छन्। कर्मचारी र जनप्रतिनिधिहरुले परिक्षा कसैको दवावमा नभएर स्वतन्त्रपूर्वक भएको दावी गरेका छन्।

आफ्ना मान्छेहरु उतिर्ण नभएको आवेकमा केही मान्छेहरु विरोधमा लागेको निमित्त प्रमुख प्रशासकिय अधिकृत रेशम बहादुर बुढाले बताए। छनौटबारे बाहिर भएको विरोधजस्तो सत्यता छैन्। बुढाले भने, जिल्लाभित्र र बाहिरबाट आउनेलाई नम्वर फरकफरक थियो। निष्पक्ष परिक्षा भएको छ त्यसमा शंका गर्ने ठाउँ छैन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...