News Portal

दैलेखको नारायण नगरपालिकामा सेटिङ मिलाएर विद्यालय नर्सिङ छनौट !

हिमालीसंचार संवाददाता
६६७ पटक

गोविन्द केसी,यामराज विष्ट/दैलेख – दैलेखको नारायण नगरपालिकामा विद्यालय नर्सिङ कार्यक्रम अन्तर्गत लिखित परिक्षामा सेटिङ मिलाएर परिक्षा लिएको र भागबण्डामै नर्सिङ छनौट भएको आरोप लागेको छ। कर्मचारी र जनप्रतिनिधिहरुको भागबण्डामा नर्सिङ स्टाफ छनौट भएको आरोप लागेको हो।

नारायण नगरपालिकामा १० जना छनौट भएको थियो। ४२ जनाले आवेदन दिएका थिए। लिखित परिक्षामै कर्मचारी र जनप्रतिनिधिको मिलोमत्तोमा आफ्ना परिक्षार्थीलाई प्रश्न आउट गरेर परिक्षा लिएको समेत आरोप नगरपालिकाभित्र कर्मचारी र स्थानीयले गरेका छन्।

लिखित परिक्षामा १३ जना परिक्षार्थीको नाम प्रकाशित गरिएको थियो त्यसमा १० जनालाई छनौट गरिएको जनाईएको छ। लिखितमा नाम निकालेपछि विवाद हुन्छ भनेर धेरै परिक्षार्थीलाई लिखितमै फेल गराईयो। एक स्थानीयले भने, विवाद नहुने गरि १३ जनालाई नाम निकालेर भागबण्डामै छनौट भयो।

प्रमुख र उपप्रमुख लिखित परिक्षामा प्रश्न तयार हुदाँदेखी नै बसेका थिए। श्रोतका अनुसार नगरप्रमुखले २ जना, प्रदेश सांसद अम्मरबहादुर थापाले २ जना, उपप्रमुखले २ जना, नगरको शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले १ जना र निमित्त प्रमुख प्रशासकिय अधिकृतले १ जना गरि ८ जना भागबण्डामा राखेको आरोप लागेको छ। अन्य दुई जनाको खुलेको छैन्।

परिक्षामा विषय विशेषज्ञ डाक्टर जगत थापा, स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमाल र प्रमुख प्रशासकिय अधिकृत रेशम बहादुुर बुढा लिखित तथा मौखिक परिक्षामा सहभागी थिए।

नगरपालिकाभित्रका ९ माध्यमिक विद्यालय र एउटा निमाबिमा गरि १० विद्यालयमा रही वडाभित्रका प्राथामिक विद्यालयमा समेत हेर्ने गरि नर्स (सुब्बा सरह) सेवा पाउने छन्। कर्मचारी र जनप्रतिनिधिहरुले परिक्षा कसैको दवावमा नभएर स्वतन्त्रपूर्वक भएको दावी गरेका छन्।

आफ्ना मान्छेहरु उतिर्ण नभएको आवेकमा केही मान्छेहरु विरोधमा लागेको निमित्त प्रमुख प्रशासकिय अधिकृत रेशम बहादुर बुढाले बताए। छनौटबारे बाहिर भएको विरोधजस्तो सत्यता छैन्। बुढाले भने, जिल्लाभित्र र बाहिरबाट आउनेलाई नम्वर फरकफरक थियो। निष्पक्ष परिक्षा भएको छ त्यसमा शंका गर्ने ठाउँ छैन्।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...