News Portal

यूपीको बलात्कार-हत्या प्रकरण: थुप्रै अधिकारी निलम्बित

हिमालीसंचार संवाददाता
७२२ पटक

नयाँदिल्ली – भारतको उत्तर प्रदेशस्थित हाथरसमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारपछि हत्या प्रकरण यतिबेला पेचिलो बन्दै गएको छ। योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारले सोही प्रकरणमा जोडिएका हाथरस क्षेत्रका थुप्रै प्रहरी अधिकारीहरुलाई निलम्बन गरि दिएको छ।

पीडितप्रति प्रहरीको भूमिका विवादित भएको भन्दै चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री आदित्यनाथको निर्देशनमा त्यस क्षेत्रका अधिकांश अधिकृतलाई निलम्बन गरिएको हो। भारतीय मिडियाका अनुसार घटना भएको क्षेत्रका एसपी, डिएसपी, इन्स्पेक्टरसहित अन्य अधिकारीहरु निलम्बनमा परेका छन्।

सोही घटनालाई लिएर राजधानी दिल्लीस्थित जन्तरमन्तरमा व्यापक विरोध प्रदर्शन भएपछि शुक्रबार साँझ मुख्यमन्त्री आदित्यनाथले यस्तो कदम चालेका हुन्। यस्तै आदित्यनाथले उत्तर प्रदेशमा महिलाहरुको सम्मान र स्वाभिमान बिगार्ने सोच राख्नेहरु पूरै नास हुने निश्चित भएको भन्दै चेतावनी दिए।

उनले ट्वीटरमा लेखेका छन्, ‘उत्तर प्रदेशमा आमा–दिदीबहिनीहरुको सम्मान र स्वाभिमान बिगार्ने सोच राख्नेहरु पूरै नास हुने निश्चित छ। उनीहरुलाई यस्तो सजाय हुनेछ, जो भविष्यमा उदाहरणीय हुनेछ। तपाइँको उत्तर प्रदेश सरकार हरेक अभिभावकहरुको सुरक्षा र विकासका लागि प्रतिबद्ध छ।

हाथरस क्षेत्रमा रहेकए एक गाउँकी १९ वर्षीया किशोरीमाथि गत सेप्टेम्बर १४ मा चार जनाले सामूहिक बलात्कार गरी भौतिक आक्रमण समेत गरेका थिए। प्रहरीले भने पीडितलाई न्याय दिलाउने भन्दा पनि दोषीसँग मिलेको भन्दै आम नागरिक सडकमा उत्रिएका थिए। – एजेन्सी

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...