News Portal

तपाईंको राशिफल :  २०७५ साल भाद्र २८ गते बिहिवार, तदअनुसार सेप्टेम्बर १३, २०१८

हिमाली संचार संवाददाता
७०७ पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल,

मेष
आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ ।

वृष
राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तस् फाइदा नै पुर्‍याउनेछ । धनको क्षेत्र सबल रहने छ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ ।

मिथुन
धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । विद्याको क्षेत्र सबल रहने छ ।

कर्कट
पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्नेछ ।

सिंह
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । शुभ समाचार सुन्न पाइएला । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ ।

कन्या
वित्तिय संस्था बाट सहयोग पाईनेछ । प्रेमीको सहयोग पाईनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

तुला
मनोरञ्जनमा सहभागी भइएला । जोश जाँगर र हिम्मत बढ्नेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्ने छ ।

वृश्चिक
कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । मुद्दा मामिला आइलाग्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । श्रमअनुसार फाइदा कमै होला ।

धनु
अतिथिको रूपमा सत्कार पाइएला । होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर
अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योगछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ
पुजा पाठमा मन जानेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा  रमाइलो वातावरण छाउने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मीन
बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । अनावश्यक झमेलामा परिएला । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । कष्टकर यात्रा गर्नुपर्ला ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...