News Portal

  • तपाईंको राशिफल :  २०७५ साल भाद्र २८ गते बिहिवार, तदअनुसार सेप्टेम्बर १३, २०१८

    हिमाली संचार संवाददाता
    ६५४ पटक

    – ज्यो.प. नारायणप्रसाद दुलाल,

    मेष
    आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ ।

    वृष
    राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तस् फाइदा नै पुर्‍याउनेछ । धनको क्षेत्र सबल रहने छ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ ।

    मिथुन
    धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । विद्याको क्षेत्र सबल रहने छ ।

    कर्कट
    पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्नेछ ।

    सिंह
    आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । शुभ समाचार सुन्न पाइएला । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ ।

    कन्या
    वित्तिय संस्था बाट सहयोग पाईनेछ । प्रेमीको सहयोग पाईनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

    तुला
    मनोरञ्जनमा सहभागी भइएला । जोश जाँगर र हिम्मत बढ्नेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्ने छ ।

    वृश्चिक
    कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । मुद्दा मामिला आइलाग्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । श्रमअनुसार फाइदा कमै होला ।

    धनु
    अतिथिको रूपमा सत्कार पाइएला । होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

    मकर
    अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योगछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

    कुम्भ
    पुजा पाठमा मन जानेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा  रमाइलो वातावरण छाउने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

    मीन
    बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । अनावश्यक झमेलामा परिएला । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । कष्टकर यात्रा गर्नुपर्ला ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...