News Portal

एनआरएनएले भर्चुअल महाधिवेशन गर्न पाउने, नेपाल सरकारले दियो अनुमति

हिमालीसंचार संवाददाता
४०० पटक

 

काठमाण्डौ – गैर आवासीय नेपाली संघ (एनआरएएन) ले ‘भर्चुअल विशेष महाअधिवेशन’ गर्न पाउने भएको छ। नेपाल सरकारले एनआरएनएलाई भर्चुअल महाधिवेशन गर्न अनुमति दिएको छ ।

गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार परराष्ट्रमन्त्रालयले संघको प्रस्तावलाई बिहिवार अनुमति दिएको हो ।

परराष्ट्र मन्त्रालयद्वारा संघलाई पठाएको पत्रमा अन्तर्राष्ट्रिय अधिवेशन अनलाइन भोटिङका आधारमा गर्न सकिने जनाइएको छ। संघका अध्यक्ष कुमार पन्तले संघको पदाधिकारी बैठक बसेर छिट्टै विषेश महाधिवेशनको मिति तय गरिने बताएका छन् । 

परराष्ट्र मन्त्रालयले भर्चुअल अधिवेशन गरेको सुनिश्चितताका लागि कागजपत्रहरु मन्त्रालयमा पेश गर्न लगायत संशोधित बिधान अनुसार भएको निर्णय प्रकृया पुष्टि हुने प्रमाण मन्त्रालयमा पेश गर्न भनेको छ ।

गत वर्ष सम्पन्न संघको महाधिवेशनमा पास हुन नसकेको आर्थिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेश गर्न संघले विषेश महाधिवेशन बोलाउन लागेको हो। संघले केही दिनमा विशेष महाधिबेशनको मिति तय गर्नेछ ।

प्रतिकृया दिनुहोस्

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...