News Portal

एनआरएनएले भर्चुअल महाधिवेशन गर्न पाउने, नेपाल सरकारले दियो अनुमति

हिमालीसंचार संवाददाता
४२३ पटक

 

काठमाण्डौ – गैर आवासीय नेपाली संघ (एनआरएएन) ले ‘भर्चुअल विशेष महाअधिवेशन’ गर्न पाउने भएको छ। नेपाल सरकारले एनआरएनएलाई भर्चुअल महाधिवेशन गर्न अनुमति दिएको छ ।

गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार परराष्ट्रमन्त्रालयले संघको प्रस्तावलाई बिहिवार अनुमति दिएको हो ।

परराष्ट्र मन्त्रालयद्वारा संघलाई पठाएको पत्रमा अन्तर्राष्ट्रिय अधिवेशन अनलाइन भोटिङका आधारमा गर्न सकिने जनाइएको छ। संघका अध्यक्ष कुमार पन्तले संघको पदाधिकारी बैठक बसेर छिट्टै विषेश महाधिवेशनको मिति तय गरिने बताएका छन् । 

परराष्ट्र मन्त्रालयले भर्चुअल अधिवेशन गरेको सुनिश्चितताका लागि कागजपत्रहरु मन्त्रालयमा पेश गर्न लगायत संशोधित बिधान अनुसार भएको निर्णय प्रकृया पुष्टि हुने प्रमाण मन्त्रालयमा पेश गर्न भनेको छ ।

गत वर्ष सम्पन्न संघको महाधिवेशनमा पास हुन नसकेको आर्थिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेश गर्न संघले विषेश महाधिवेशन बोलाउन लागेको हो। संघले केही दिनमा विशेष महाधिबेशनको मिति तय गर्नेछ ।

प्रतिकृया दिनुहोस्

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...