News Portal

केरुङ नाकामा लत्ता-कपडालगायतका सामान रोकिदा थोक व्यापारी मारमा

हिमालीसंचार संवाददाता
४४३ पटक

काठमाडौं-करिब एक वर्षबाट केरुङ नाकामा लत्ता कपडा लगायतका सामान रोकिँदा महाबौद्धका थोक व्यापारीहरु मारमा रहेका छन। कोभिड-१९ संक्रमणको जोखिमका कारण केरुङ नाकाबाट सहज ढुवानी नहुँदा एक वर्षदेखि लत्ता कपडा लगायतका सामान रोकिएका छन।दशै नजिकिँदै गर्दा पनि पसलमा नयाँ सामान थप्न नपाउँदा त्यहाँका व्यापारीहरु चिन्तित बनेका छन।

संक्रमण न्यूनीकरणका लागि जारी भएको लक डाउनका कारण उपत्यकाका खुद्रा व्यापारी समेत विस्थापित भएपछि थोक विक्रेताहरुको व्यवसाय धरासायी बन्नेअवस्थामा पुगेको छ।उपत्यकाका खुद्रा व्यपारी पनि नआएको र बाहिरबाट पनि नियमित रुपमा बस सञ्चालन नहुँदा व्यवस्या सञ्चालनमा समस्या देखिएको व्यवसायीहरुको भनाई छ।

गत वर्षको मंसिरमा काठमाडौं आइपुग्नुपर्ने सामान अहिलेसम्म केरुङ नाकामै रोकिँदा व्यवसायीहरुमा थप चिन्ता छाएको छ।बैंकको ऋण किस्ता र व्याज तिर्न सक्ने अवस्था समेत नरहेको उनीहरुको भनाई छ । अहिले स्थानीय व्यापारमा ८० प्रतिशतसम्म कटौती भएको छ।उपत्यका बाहिरको व्यापारमा ६० प्रतिशत कमि आएको महाबौद्धका व्यापारीहरुको भनाई छ। दशै लगाडी केरुङ नाकाबाट सामान आउन सक्ने अवस्था नभएकाले पुरानो स्टक भएसम्म व्यवसाय सञ्चालन गर्न सकिने अवस्थारहेको छ।

पछिल्लो समय प्रतिदिन ५ वटा कन्टेनर नेपाल आउने गरेको भएपनि लत्ता कपडा लगायत कस्मेटिक सामान बोकेका कन्टेनरहरुले भने पालो पाउने नगरेको उनीहरुको भनाई छ ।व्यवसायीहरुका अनुसार गत पुसमा परेको हिउँ  र त्यसपछि कोभिड महामारीलाई देखाएर तिब्बतको भन्सारले सामान क्लियर नगर्दा यस्तो अवस्था आएको हो।

बीच बाटोमै रोकिएका एक हजारभन्दा बढी कन्टेनरमा लत्ताकपडा, कम्प्युटर, फर्निचर, कच्चा पदार्थ, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान, रेडिमेड गार्मेन्ट,जुत्ता चप्पललगायत अर्बौं रूपैयाँका सामान छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...