News Portal

बलात्कारको शिकार भएकी किशोरीको परिवारलाई भेट्न हिँडेका राहुल गान्धी हिरासतमा

हिमालीसंचार संवाददाता
४८१ पटक

दिल्ली – भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीलाई बिहीवार उत्तर प्रदेशको प्रहरीले हिरासतमा लिएको छ। उनीसँगै रहेकी कांग्रेस नेतृ प्रियंका गान्धीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उत्तर प्रदेशको हाथरसमा भएको एक सामुहिक बलात्कारको शिकार भएकी किशोरीको परिवारलाई भेट्न हिँडेका उनीहरुलाई प्रहरीले हिरासतमा लिएको हो।

प्रहरीले उनीहरुलाई निर्देशन अवज्ञा गरेको अरोपमा यमुना एक्सप्रेसवेबाट पक्राउ गरेको हो। राहुल र प्रियंका गान्धी दिल्लीबाट पीडितको परिवार भेट्न हाथरसतर्फ जानेक्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ।

राहुलले प्रहरीलाई भीडभाड नगरी हाथरसतर्फ जान चाहेको बताएका थिए तर, भिड बढेको भन्दै प्रहरीले राहुल गान्धी सवार गाडीलाई रोकेको थियो। त्यसपछि उनीहरु हिँडेरै भए पनि हाथरस जान तम्सिएपछि प्रहरीले गिरफ्तार गरेको हो।

के हो हाथरस घटना ?
सेप्टेम्बर १४ मा भारतको हाथरस भन्ने स्थानमा १९ वर्षीया एक दलित परिवारकी किशोरीमाथि सामुहिक बलात्कार भएको थियो। बलात्कारपछि उनी खेतमा बेहोस अवस्थामा फेला परेकी थिइन्। उनीमाथि सामुहिक बलात्कार गरेको आरोपमा गाउँका तथाकथित उच्च जातका चार युवा पक्राउ परेका छन्।

निकै गम्भीर अवस्थामा बेहोस फेला परेकी किशोरीको गत मंगलबार दिल्लीको एक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। निधन भएपछि प्रहरीले उत्तर प्रदेशमा रहेको उनको घरमा शव ल्याएको थियो। प्रहरीले तत्कालै शव जलाउन परिवारसँग आग्रह गर्‍यो तर, परिवारले मानेनन्।

त्यसपछि प्रहरीले शव एम्बुलेन्समा हालेर लग्यो र परिवारको अनुमति विना नै जलाएको आरोप लागेको छ। यद्यपि प्रहरीले भने पीडित परिवारको अनुमतिमा प्रहरीको रेखदेखमा शव जलाइएको दाबी गरेको छ। स्वयं पीडित परिवारका सदस्यहरु भने आफूहरुले अनुमति नदिएको बताइरहेका छन्।

अधिकारवादीहरुले भने प्रहरीले यस किसिमको कार्यलाई संवेदनहीन र अमानवीय कार्य भएको बताएका छन्। यसै विषयलाई लिएर अहिले समग्र भारतभर आन्दोलन चलिरहेको छ। यो घटनाबारेको अनुसन्धानमा प्रहरीले उदाशीनता देखाएको पीडित परिवारको आरोप छ।

१० दिनसम्म पनि यो घटनामा कसैलाई पनि पक्राउ नगर्नुले यो कुरालाई पुष्टि गर्ने उनीहरुको भनाइ छ। त्यसका साथै प्रहरीले आफूहरुलाई नै डर देखाउने र धम्क्याउने काम गरेको पनि पीडितको गुनासो छ।

भारतका विपक्षी नेताहरुले पनि प्रहरीको यस किसिमको कार्यको निन्दा गरेका छन्। भारतीय कांग्रेसले पनि यो घटनामा प्रहरीको आलोचना गर्दै आएको छ। राहुलले हाथरस पुगेर पीडित परिवारलाई भेट्ने कार्यक्रम बनाएका थिए। यसै क्रममा उनलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो। – बीबीसी

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...