News Portal

डेभिडलाई छुटाउन एनआरएनए मलेसियाका अध्यक्ष भट्टराई सक्रिय

हिमालीसंचार संवाददाता
५४७ पटक

काठमाडौं – मलेसियामा रहेर म्यानपावर तथा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका दुर्गा बहादुर श्रेष्ठ उर्फ डेभिड अपहरण र फिरौतीको आरोपमा काठमाडौंमा पक्राउ परे लगत्तै उनलाई छुटाउन सत्तारुढ नेकपाका नेताहरुसहित एनआरएन मलेसियाका अध्यक्ष पनि लागिपरेको पाइएको छ।

आफ्नै कामदारलाई विभिन्न आरोप लगाउँदै बन्धक बनाएर फिरौती लिने डेभिड पक्राउ परेपछी छुटाउन एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराई सक्रिय भएर लागेको पाइएको हो। अध्यक्ष भट्टराई पक्राउ परेका श्रेष्ठकी श्रीमतीलाई लिएर मलेसियास्थित नेपाली दुतावास पुगेका थिए। उनले पिडित कामदारलाई चोरीको आरोप लगाएर नेपाल प्रहरीलाई पत्र पठाउन दवाव दिएका थिए। नेपालमा पनि नेकपाका नेताहरुलाई उनीहरुले दवाव दिएका छन्।

आफ्नै रेष्टुरेण्टमा काम गर्ने दाङका महम्मद रैदासलाई ६ दिनदेखि अपहरण तथा बन्धक बनाई नेपालमा उनकी श्रीमतीबाट १६ लाख रकम लिएका डेभिड नेपाल आएर रकम निकाल्ने क्रममा पक्राउ परेका थिए। मोरङको सुन्दरहरैचा स्थायी घर भएका डेविड मलेसियामा गुण्डागर्दी अपहरण र अन्य अवैध धन्दामा पनि संलग्न रहँदै आएको उनलाई जान्नेहरु बताउँछन्। उनकै कारण झापाका विक्रम थेबे आफू मलेसिया छोडेर नेपाल फर्कनु परेको बताउँछन्।

आवरणमा म्यानपावर र रेष्टुरेण्ट व्यवसाय भएपनि गुण्डागर्दीमा समेत वद्नाम रहेका डेविडलाई प्रहरीको अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले अपहरण र फिरौती प्रकरणमा मंगलवार पक्राउ गरेको हो। मलेसियाको केलाङ क्षेत्रमा गुण्डागर्दीमा सक्रिय डेभिडले वैदेशिक रोजगारीमा मलेसियामा गएका नेपाली युवाहरुलाई नै कुटपीट र शोषण गर्दै आएका पिडितहरुले बताएका छन्।

डेभिडले मलेशियाको केलाङ क्षेत्रमा केही युवतीलाई नेपालबाट अबैध तरिकाले लैजाने र त्यहाँ देहव्यापारमासमेत लगाउने गरेको समेत स्रोतको दाबी छ। डेभिडले केलाङकै अन्य रेष्टुरेन्टमा काम गर्ने नेपाली मजदुरमाथिसमेत निर्घात कुटपीट गर्ने गरेको खुलेको थियो। मलेशियाकै गुण्डागर्दी गर्ने समुहसँगको मिलेमतोमा उनले नेपालीमाथि ज्यादती गर्दै आएको पिडित नेपालीहरुले बताएका छन्। – हाम्राकुराबाट।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...