News Portal

प्रदेश १ प्रविधि मैत्री शिक्षण सिकाईमा मुख्यमन्त्रीको जोड

हिमालीसंचार संवाददाता
३५६ पटक

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधि मैत्री शिक्षण सिकाई आवश्यक भएकोमा जोड दिएका छन् । प्रदेश १ का विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधि मैत्री बनाउने अभियानको सुरुवात प्रदेश सरकारले गरिसकेको उनले बताए ।

सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साझेदारीमा सञ्चालित सूचना प्रविधि सम्बन्धी अनलाइन शिक्षक तालिमको आज शुभारम्भ गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । प्रदेश सरकारले डिजिटल प्रदेशको यात्रा सुरु गरिसकेको बताउँदै उनले भने, शिक्षालाई सूचना प्रविधिसँग जोड्न आवश्यक छ ।’ डिजिटल प्रदेशका लागि नीति तथा कार्यक्रम बनिसकेको मुख्यमन्त्री राईले बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले १० वर्ष भित्रमा प्रदेशबाट किताब र झोला मुक्त गरिने लक्ष्य अनुसार काम भइरहेको बताए । कोरोनाका कारण १० वर्ष भित्रको लक्ष्य ३ वर्ष भित्रमा पुरा हुने देखिएको मन्त्री घिमिरेले बताए ।

कोरोनाका कारण अहिले अनलाइन शिक्षण विधि सुरु भइसकेको बताउँदै उनले किताब र झोला मुक्त प्रदेश चाँडै हुने दाबी गरे । पहिलो चरणमा ६ बटा स्थानीय तहका ६ सय शिक्षकलाई तालिम सुरु गरिए पनि दसैँ अगावै ३० वटा स्थानीय तहका ३ हजार शिक्षकलाई सूचना प्रविधि सम्बन्धी तालिम दिइने मन्त्री घिमिरेको भनाई छ । ३ हजार शिक्षकले सूचना प्रविधिको तालिम लिइसके पछि चेतना, प्रविधि र सीपको भेल आउने उहाँले बताउनुभयो । समाज प्रविधि प्रति आकर्षित बन्दै गएको मन्त्री घिमिरेको भनाई छ ।

मन्त्री घिमिरेले विद्यालयमा तन्नाले छोपेर कम्प्युटर राख्ने अवस्थाको अन्त्य हुने छ ।’ सामाजिक विकास मन्त्री घिमिरेले आगामी दिनमा कठोर लकडाउनको अवस्था नभएकाले कोरोनासँग जुध्दै अघि बढ्नुपर्ने समय आएको बताए ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सामाजिक विकास संसदीय समिति सभापति सरिता थापा, इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतले प्रविधि अनलाइन तालिमले शिक्षक सिकाइमा महत्त्वपूर्ण उपलब्धि हुने बताए ।

प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरूका लागि आधारभूत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा सम्बन्धी शिक्षकहरूमा क्षमता विकास तालिममा इलामको सूर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरङको पथरीशनिश्चरेका ६ सय शिक्षकहरूको सहभागिता रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । रासस 

प्रतिकृया दिनुहोस्

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...